Explore the Radio Palpa in shortly.

सिमरा बजनीमा २ जनाको बिभत्स हत्या

0
123
मृतक सुवेदी दम्पतीको घर

१६ मंसीर, सिमरा । कपुरबोट डेस्क

जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ बजनीमा आज बिहान २ जनाको हत्या भएको छ । बजनी निवासी ३५ बर्षिया दिपक सुवेदी र उनको ३१ बर्षिया श्रीमती दिपा सुवेदीको धारिलो हतियार प्रयोग गरी बिभत्स हत्या भएको ईप्रका सिमराले जनाएको छ । दिपक सुवेदीको शव उनले सञ्चालन गर्दै आएको गाई फर्म देखि करिब ४० मिटर पश्चिम भेटिएको प्रहरीले जनाएको छ । मृतक सुवेदीको श्रीमती दिपाको शव गाई फर्म मै अवस्थित कोठा भित्रै फेला परेको हो ।

घटना स्थलबाट प्रहरीले धारिलो हतियार सहित चप्पल र हातमा लगाउने बाला फेला पारेको छ ।२ बर्ष अघि देखी सुवेदी दम्पत्तीले बजनीमा गाई फर्म सञ्चालन गर्दै आएका थिए । घटना बारे थप अनुसन्धान भईरहेको ईप्रका सिमराका प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.