Explore the Radio Palpa in shortly.

सुवेदी दम्पतिलाई कृषि सहिद घोषणा गर्न पहल गर्ने

मृतक दम्पती, तस्विर साैजन्य-सुदिप रिमाल
0

 अपडेट

१७ मंसिर, सिमरा । सुप्रिया ढकाल

लामो समयको छलफलपछि मृतक दिपक सुवेदी र उनको श्रीमती दिपिका (दिपा) सुवेदीलाई कृषि सहिद घोषणा गर्ने सहित ४ बुंदे सहमति भएको छ । अज्ञात समुहद्धारा सुवेदी दम्पतिको उनकै जितपुरसिमरा उपमहानगरपालीका ३ बजनिमा रहेको गाई फर्ममा शुक्रबार राती धारीलो हतियार प्रयोग गरी बिभत्स हत्या भएको थियो ।

स्थानियले दिनप्रतीदिन असुरक्षा बढ्दै गएको भन्दै बिभिन्न माग राखेर शव उठाउन दिएका थिएनन् । तर बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानान्धर, प्रहरी उपरिक्षक राजकुमार बैदवार, जितपुरसिमरा उपमहानगरका प्रमुख डा. कृष्ण पौडेल, वडा अध्यक्ष जगन्नाथ घिमिरेसहित परिवारका सदस्यबिच भएको छलफलले शनिबार (हिजो) सांझ ४ बुदे सहमति भई शव पोष्टमार्टमका लागी बिरगञ्जस्थित नेशनल मेडिकल कलेज पठाईएको छ ।

छलफलले सुवेदी दम्पतिलाई कृषि सहिद घोषणा गर्न सरकारमा पहल गर्ने सहित यथाशिघ्र हत्यारा पक्राउ गरि सार्वजनिक गर्ने, दुई बच्चाको शिक्षाका लागी अक्षयकोष खडा गर्ने, शान्तिसुरक्षाको लागी तत्काल बजनिमा सुरक्षाकर्मी खटाउने सहमति भएको वडा अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । साथै सुवेदी फर्मको लागी २ बर्षअघि लिईएको ऋण मिनाहा वा ब्याज मिनाहा गर्न सम्बन्धित ठाउमा पहल गर्ने समेत सहमति भएको छ ।

अभिभावक विहिन बनेका बालबालीकाको शिक्ष्ाँका लागी स्थापित अक्षयकोषमा समाजसेवी ओमकृष्ण कार्कीका तर्फबाट ३१ हजार, मेयर डा. पौडेलका तर्फबाट ११ हजार र प्रमुख जिल्ला अधिकारी मानान्धरकातर्फबाट ५ हजार नगद जम्मा भएको छ ।

यसअघि दिपक सुवेदीको शव उनले सञ्चालन गर्दै आएको गाई फर्म देखि करिब ४० मिटर पश्चिम परालको कुन्यु नजिकै र श्रीमती दिपाको शव गाई फर्म मै अवस्थित कोठा भित्रै फेला परेको थियो ।

 

Leave A Reply

Your email address will not be published.