Explore the Radio Palpa in shortly.

थुप्रै सम्भवनाका बिच पनि तराई बिकाशमा निकै पछि छ : धमला

0

१८ मंसिर, सिमरा । सुप्रिया ढकाल

सञ्चारमाध्यममा शिर्षस्थ नेताहरुसंग निकै चर्का-चर्का बहस गर्ने राष्ट्रिय पत्रकार ऋषि धमला मौन अवधिको पूर्वसन्ध्यामा तराई झरेका छन् ।

बारा, पर्सा र रौतहटको निर्वाचनको माहोल बुझ्न धमला काठमाण्डौबाट हवाई मार्गहुदै सिमरा आईपुगेका हुन् । रेडियो समर्पणको स्टुडियोमा पत्रकार सन्तोष देउजासंग कुराकानी गर्दै उनले आफु हरेक मधेश आन्दोलनको एजेण्डाको प्रभाव राष्ट्रिय पहुचमा पु¥याउने पत्रकार भएको दाबि गरे ।

 

Untitled
रेडियो समर्पणको स्टुडियोमा पत्रकार ऋषि धमला

मधेशको अधिकार र बिकाश नै आफ्नो हरेक बहसको उद्धेश्य हुने गरेको उनको भनाई थियो । धमलाले देशको मुटुको रुपमा अवस्थित मधेश थुप्रै सम्भवनाका बिच पनि बिकाशमा निकै पछि परेकोप्रति दुख ब्यक्त गरे । यसअघि स्थानिय तहको निर्वाचनमा समेत तराई आएका धमलालाई अधिकांशले कांग्रेशको पक्षमा भोट माग्न आएको भनिरहदा त्यसको खण्डन गर्दै उनले आफु सबै पार्टि र जनताका लागी बराबारी भएको दाबि गरे ।

 

Leave A Reply

Your email address will not be published.