Explore the Radio Palpa in shortly.

एन्फाको सीईओ छाडेका तुलाधर प्रदेशसभामा पराजित

0

२४ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ -एन्फा)को कार्यकारी अधिकृत -सीईओ) बाट राजीनामा दिएर चुनाव लड्न गएका इन्द्रमान तुलाधर पराजित भएका छन् ।

प्रदेशसभा सदस्यका लागि काठमाडौं ९ को कमा कांग्रेसबाट उम्मेदवार बनेका थिए । तर, एमालेका अजयक्रान्ति शाक्यसँग पराजित भएका छन् ।

शाक्यले ९ हजार ५३१ मत पाएका छन् । तुलाधरले भने ७१९३ मत पाएका छन् । तेस्रो स्थानमा विवेकशील साझाका चक्रपाणि नेउपाने रहे । उनले ३३६९ मत पाएका छन् ।

अनलाईन खबरबाट

Leave A Reply

Your email address will not be published.