Explore the Radio Palpa in shortly.

सुपर ग्यास उद्योगमा आगलागी, बारा पर्साका उच्च सुरक्षा अधिकारी बैठकमा

0

५ पुष, सिमरा । कपुरबोट डेस्क

पर्साको वीरगन्ज महानगरपालिका–२२ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आएको छैन् ।

आगलागीमा परी दुईजना अग्नी नियन्त्रकको मृत्यु भैसकेको छ । जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । थुप्रै प्रयासहरुका बाबजुद पनि आगलागी नियन्त्रण हुनसकेको छैन ।

बारा, पर्साका प्रमुख जिल्ला अधिकारी, प्रदेश नम्बर २ का एआईजी विजयलाल कायस्थ, शसस्त्र प्रहरीका डिआईजी, बारा र पर्साका प्रहरी प्रमुख (एसपी) लगायत उच्च स्तरीय सुरक्षा निकायका प्रमुख सम्मिलित बैठक बसिरहेको छ । घटना स्थल नजिकै बसेको बैठकले अब के गर्ने भन्ने बिषयमा छलफल भैरहेको छ । आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । त्यस क्रममा दमकलका कर्मचारी सविन नेपाल घाइते भएका छन् ।

आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । ग्यासमा लागेको आगो पानिले नियन्त्रणमा लिन नसक्ने भएपछि भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट अत्याधुनीक मेसीन तथा केमिकलहरु झिकाइएको छ । यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ ।

आगलागीको कारण अहिलेसम्म खुलेको छैन । कम्पनि भित्र ४ वटा बुलेट भएकाले आगोको तापले ति बुलेट बिस्फोट हुन सक्ने हुदा स्थानियलाई सुरक्ष्ँित स्थानतर्फ जान स्थानिय प्रशासनद्धारा आग्रह गरिएको छ । भित्रबाट स–साना बिस्फोटको आवाज समेत आईरहेको घटनास्थलमा उपस्थित शर्वसाधारणले बताएका छन् ।

 

Leave A Reply

Your email address will not be published.