Explore the Radio Palpa in shortly.

परवानिपुरमा ५४ जनाद्धारा रगत दान

0

 

९ पुष, सिमरा । कपुरबोट डेस्क

पर्साको बिरगञ्ज महानगरपालीका वडा २१ परवानिपुरमा भाजभगत माध्यमिक बिद्यालय अगाडि शनिबार सम्पन्त रक्तदान कार्यक्रममा ४ जना महिला सहित ५४ जनाले रगत दान गरेका छन् । तेश्रो आखा रचनात्मक संस्था परवानिपुरको आयोजना र ज्योती नमुना सिप र रोजगार केन्द्र सिमराको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदानमा नेपाल रेडक्रस सोसाईटि बिरगञ्जका सभापति फलु महमद मियाको नेतृत्वमा आएको टोलीले सहजिकरण गरेको हो । यसअघि आयोजक तेश्रो आखा रचनात्मक संस्थाका अध्यक्ष मुस्ताक आलमको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहको प्रमुख आतित्यथामा अ‍ैपचारीक कार्यक्रम सम्पन्न भएको हो ।

औपचारीक कार्यक्रम सञ्चालन गर्नुभएका ज्योती नमुना सिप र रोजगार केन्द्रका अध्यक्ष दृष्टिबिहिन महेश शाहले पहिला रगत दान गरि कार्यक्रमको उद्धघाटन गरेका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.