Explore the Radio Palpa in shortly.

बिरगञ्ज कारागारमा मानसिक स्वास्थ्य कार्यक्रम

0

 

९ पुष, सिमरा । कपुरबोट डेस्क ।

कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले पर्सा सहित आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पर्सा, इलाम, झापा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन महिनासम्ममा मानसिक स्वास्थ्य कार्यक्रम र्पुयाउने तयारी सरकारको छ । कार्यक्रम सुरु गर्न हाल आन्तरिक गृहकार्य भइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले जनाएको छ ।

कार्यक्रम नख्खु, डिल्ली बजार र केन्द्रीय कारागारमा भने सञ्चालन भइसकेको महाशाखाका मानसिक स्वास्थ्य कार्यक्रमका फोकल पर्सन विजयक्रान्ति शाक्यले बताउनुभयो । कार्यक्रम अन्र्तगत कारागारमा रहेका कैदीलाई औषधि उपचार तथा मनोसामाजिक परामर्श दिइने छ । कारागारबाट घर फर्कदा कैदी मानसिक रुपमा समेत स्वस्थ भएर निस्किउन् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको महाशाखाले जनाएको छ ।

सो कार्यक्रमका लागि सरकारले २० लाख बजेट निकासा गरेको छ ।

-ईकान्तिपुरमा खबर छ ।

 

Leave A Reply

Your email address will not be published.