Explore the Radio Palpa in shortly.

भूपू बोर्डिङ्गमा साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

0

असोज ११
पाल्पा (रामपुर) भूपू सैनिक राईजिङ्ग ईङ्गलिश बोर्डिङ्ग स्कुल रामपुर ५ मटेरी पाल्पामा रामपुर मै पहिलो पटक साईवर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युथ युनियन मटेरीको आयोजना र ईलाका प्रहरी कार्यालय रामपुरको संयोजनमा भएको हो ।
युथ युनियन मटेरीका अध्यक्ष अमिर रानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यालयमा अध्ययनरत कक्षा ८, ९, १०, ११ र १२ विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले सचेतना अन्तर्गत यो कार्यक्रम रामपुर मै पहिलो पटक भएको बताउँदै साईवर क्राईम भनेको केहो ? त्यसका प्रकार, हुनुका कारण, साईबर अपराधको बर्तमान अवस्था, साईवर अपराध विरुद्ध कानुनले गरेको व्यवस्था, साईबर अपराध बाट बच्ने उपायका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा भूपू सैनिक राईजिङ्ग ईङ्गलिश स्कुलका व्यवस्थापन समिति अध्यक्ष अनेरी क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले इन्टरनेटको माध्यम बाट हुने अपराधलाई न्यूनिकरण गर्न सहयोग गर्ने बताउनु भयो । युथ युनियन मटेरीका अध्यक्ष अमिर रानाले रामपुर क्षेत्रमा बढ्दो शहरीकरण र आधुनिकता संगै समाजमा साईवर अपराध पनि बढ्दै गएको सचेतनाको लागि विद्यार्थीले मुख्य भुमिका खेल्ने भएकाले प्रहरीको सहयोगमा कार्यक्रम गरिएको बताउनु भयो । उहाँले सभ्य समाज निर्माणमा आफुहरु प्रतिवद्ध भएर लाग्ने र सबैलाई सहयोग गर्न समेत आग्रह गर्नु भयो ।
क्लवका कोषाध्यक्ष कमल रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको कार्यक्रममा विद्यार्थी लक्की भट्टले धन्यवाद दिनु भएको थियो । संञ्चालन सचिव दया वस्तीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.