Explore the Radio Palpa in shortly.

व्यवसायीलाई ब्याज अनुदान

0

 

प्रेमकान्छा मगर

पाल्पा (रामपुर) नेपाल सरकार तथा युवा स्वरोजगार कोष मार्फत रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले आफनो शेयर सदस्यहरुलाई ब्याज अनुदान वितरण गरेको छ । व्यवसाय संञ्चालनको लागि शेयर सदस्यले लिएको कर्जा रकमको ब्याज अनुदान एक कार्यक्रमका बीच सदस्यलाई फिर्ता गरेको हो ।
संस्थाको कार्यालयमा भएको कार्यक्रममा संस्थाका ३९ जना शेयर सदस्यहरुलाई लगानी गरेकोे युवरोजगार कोषको कर्जा रकम मध्ये नियमित कर्जा बुझाउने उत्कृष्ट २३ जना शेयर सदस्यलाई ब्याज अनुदान प्रदान गरिएको हो । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा युवा स्वरोजगार कोषका प्रतिनिधी कृष्ण दर्नाल, संस्थाका संचालक समितिका सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक, तथा शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले युवा स्वरोजगार कोषको सहकार्यमा संस्थाले शेयर सदस्यहरुलाई ब्यवसायीमुखी बन्न आर्थिक सहयोग गरेको र त्यसकै सहायतामा अहिले पूर्ण रुपमा ब्यवसायीमुखी बनेकोमा धन्यवाद दिनु भएको थियो । त्यस्तै कार्यक्रममा युवा स्वरोजगार कोषका प्रतिनिधी कृष्ण दर्नाल, शेयर सदस्यहरु मध्ये जीवनाथ ढुङगाना, ज्ञानुमाया श्रेष्ठले आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक रामचन्द्र अधिकारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.