Explore the Radio Palpa in shortly.

रामपुरमा भाेली देखि सेकेण्ड युथ युनियन कप २०७५ हुँदै (खेल तालिका सहित)

0

इमान सिं राना
पाल्पा (रामपुर) रामपुर ५ मटेरी पाल्पामा भोली देखि सेकेण्ड युथ युनियन कप २०७५ खुल्ला फुटबल प्रतियोगिता हुँदैछ । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद भन्ने नाराका हुन लागेको प्रतियोगिता युथ युनियन मटेरीको आयोजनामा हुन लागेको हो ।
मटेरी ठूलोटार खेल मैदानमा हुने प्रतियोगिता २५ गते देखि २९ गते सम्म चल्ने छ । प्रतियोगिता रामपुर र चापाकोट नगरपालिकाको १२ समुहको सहभागीता रहने क्लवका अध्यक्ष अमिर रानाले बताए । उनले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको बताए । प्रतियोगिता २५ गते विहान १० बजे देखि हुने छ । उट्घाटन खेल टाईगर फुटबल क्लव चापाकोट र युथ युनियन मटेरी ए रामपुर विच हुने छ ।
प्रतियोगितामा विजयी समुहले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

समुह ए अन्तर्गत हुने खेलहरु
१) टाईगर फुटबल क्लव चापाकोट र युथ युनियन मटेरी ए रामपुर
मिति २०७५/०६/२५ विहान १० बजे
२) भम्बक युनाईटेड भम्बक र रामपुर युवा क्लव बेझाँड
मिति २०७५/०६/२६ विहान १० बजे
३) ज्योति पुञ्ज युथ क्लव किसानबारी र वि नाईन ब्वाईज विजयपुर
मिति २०७५/०६/२५ साँझ ४ बजे

समुह वि अन्तर्गत हुने खेलहरु
१) ईस्लामपुर सक्रिय युवा समाज इस्लामपुर र कालीगण्डकी युवा क्लव सिर्जनाचोक
मिति २०७५/०६/२७ विहान १० बजे
२) सिज नेपाल सदावर्त र कालिका यथ क्लव देविस्थान
मिति २०७५/०६/२६ साँझ ४ बजे
३) युथ युनियन मटेरी वि र कुमराङ युथ क्लव कुमराङ
मिति २०७५/०६/२७ साँझ ४ बजे

Leave A Reply

Your email address will not be published.