Explore the Radio Palpa in shortly.

महिलाहरुलाई क्षमता विकास तथा अभिमुखीकरण सम्बन्धी प्रशिक्षण

0

पाल्पा (रामपुर) महिला क्षमता विकास अभिमुखीकरण प्रशिक्षण कार्यक्रम रामपुर ६ तिलकपुर चारपाटेमा सम्पन्न भएको छ । कार्यक्रम रामपुर नगरपालिका वडा नं. ६ को आयोजनामा भएको हो ।
वडा नं. ६ का वडा सदस्य लोक मायाँ कुमालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोइरालाले यस्ता कार्यक्रमले स्थानियहरुलाई सचेत गराउन सहयोग मिल्ने बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले जवरजस्ती करणी, जुवा तास, बालविवाह, साइवर अपराध, बोक्सी आरोप र बहुबिवाह सम्बन्धी कसूर लगायतका गम्भीर प्रकृतीका सामाजिक अपराधहरुको बारेमा जानकारी दिदै यी अपराधहरु के कारणले घट्ने गर्दछन ? र यी अपराधहरु नियन्त्रण तथा न्यूनीकरण गर्न प्रहरीको अलावा स्थानीय निकाय र समाजमा रहेका निकायहरुले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ आदि बिषयहरुमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले कार्यक्रमको बारेमा जानकारी गराउँदै चेनताको कमीका कारण विभिन्न समस्याहरु आउने गरेकाले त्यसको न्यूनिकरणको लागि कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । कार्यक्रममा कुमाल समुदायका स्थानिय महिला तथा पुरुष, राजनैतिक दल, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई धन्यवाद वडा सदस्य यम बहादुर घर्तीले ज्ञापन गर्नु भएको थियो । संञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.