Explore the Radio Palpa in shortly.

कालिका युथ क्लव र भम्बक युनाईटेड सेमिफाईनलमा प्रवेश

0

पाल्पा (रामपुर) असोज २५ गते बाट रामपुर ५ मटेरीमा जारी सेकेण्ड युथ युनियन कप फुटबल अन्तर्गत कालिका युथ क्लव देविस्थान र भम्बक युनाईटेड भम्बक पनि सेमिफाईनलमा पुगेको छ ।
क्वाटर फाईनल अन्तर्गत आज भएको समुह ए को खेलमा युथ युनियन मटेरी ए लाई २/० गोल अन्तरले पाराजित गर्दै भम्बक युनाईटेड सेमिफाईनलमा पुगेको हो । पहिलो हाफमा दुवै समुह बाट गोल हुन सकेन । दोस्रो हाफको अन्त्य तिर आएर भम्बक युनाईटेडका लागी सुरेश पाण्डेले एक गोल गरेर अघि बढाएका थिए । दुई मिनेट समय हुँदा पुन : पाण्डेले नै थप एक गोल गरेर जित सुनिश्चित गराएका थिए ।
समुह वि अन्तरर्गतको क्वाटर फाईनलमा कालिका युथ क्लव देविस्थानले इस्लामिक सक्रिय समाजलाई १/० ले पराजित गरी सेमिफाईनलको यात्रा तय गरेको हो । पहिलो हाफमा दुर्व समुहले दबाबमा राखे पनि कसैले गोल गर्न सकेन । दोस्रो हाफको अन्त्य तिर आएर कालिका युथ क्लवका रविन विरकट्टाले १ गोल गरेर कालिका युथ क्लवलाई सेमिफाईनलमा पु¥याएका हुन् । यस अघि समुह ए बाट वि नाईन ब्वाईज विजयपुर पहिलो चरणको खेल बाट सिधा सेमिफाईनलमा पुगीसकेको छ । समुह वि बाट युथ युनियन मटेरी वि सेमिफाईनल पुगिसकेको छ ।
सेमिफाईनल खेलमा समुह वि बाट अहिले दिउँसो ३ बजे युथ युनियन मटेरी वि र कालिका युथ क्लव देविस्थान प्रतिस्पर्धा गर्दैछ भने ए बाट वि नाईन ब्वाईज विजयपुर र भम्बक युनाईटेड विच भोली विहान हुने छ ।

Leave A Reply

Your email address will not be published.