Explore the Radio Palpa in shortly.

किसान होल्डिङको चापाकोटमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया

0

स्याङ्जा (चापाकोट) किसान होल्डिङ लिमिटेडले स्याङ्जाको चापाकोटमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । विजया दशमी तथा आउदै गरेको शुभदिपावलीको अबसरमा चापाकोट ९ सुन्तलीटारमा बुधबार अन्तरक्रिया सहित शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रममा चापाकोट नगरपालिका भित्र कृषिलाई व्यसायिकरण गर्न संभावना र चुनौती के के छन् भन्ने विषयमा अन्तरक्रिया भएको थियो । किसान होल्डिङ लिमिटेडका अध्यक्ष भोजन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरी प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी गिरिले चापाकोट नगरपालिकामा व्यवसायिक कृषिको प्रशस्त संभावना भएर पनि यसको समुचित विकासमा बजारको समस्या चुनौतीको रुपमा रहेको बताउनु भयो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका उपप्रमुख बिमला श्रेष्ठ, समाजसेवी हरि पंज्ञानी, किसान होल्डिङका सल्लाहकार सदस्य मित्रलाल पंगेनी, थान प्रसाद पंगेनी, चापाकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष शंकर भक्त भण्डारी, वडा नं १० का वडा अध्यक्ष रामु कोईराला, शिक्षक विष्णुप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्यका साथ चापाकोटमा व्यवसायिक कृषिका संभावनाका बारेमा आफ्ना भनाई राख्नु भएको थियो । किसान होल्डिङका प्रवक्ता अर्जुन खनालको स्वागत बाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका लेखा समिति संयोजक पिताम्बर गैह्रेले गर्नु भएको हो ।
किसान होल्डिङ लिमिटेड चापाकोट जन्मस्थान भई काठमाडौमा विभिन्न पेशा व्यवसाय गरि बस्ने व्यक्तिहरुले चापाकोटको कृषिको व्यवसायिक गर्ने उद्देश्यले काठमाडौंमा स्थापना गरिएको संस्था हो । २०७४ सालमा स्थापना गरिएको यश संस्थामा २६६ जना सेयर सदस्य रहनु भएको छ । विजयादशमीको अवसरमा आफ्नो जन्म स्थान आएको बेला संस्थाका सदस्यहरुले दैनिक रुपमा चापाकोट नगरपालिकामा वडागत अन्तरक्रिया र संभावना अध्ययन गरिरहेको गणेश पंज्ञानीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.