Explore the Radio Palpa in shortly.

निस्दी गाउँपालिका द्वारा खेलाडीहरु सम्मनित

0

पाल्पा (रामपुर) निस्दी गाउँपालिकाले शुक्रबार खेलाडीहरुलाई सम्मान गरेको छ । गत कार्तिक १८ गते पूर्वखोला १ सिलुवामा सम्पन्न अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा तृतिय स्थान हासिल गर्न सफल निस्दी गाउँपालिकाको भलिबल समुहका खेलाडी तथा टिम कोचलाई गाउँपालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाले हिजो एक कार्यक्रम गरी सम्मान पत्र र नगद मार्फत सम्मान गरेको थियो । खेलाडीहरुलाई सम्मान गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानिय स्तर बाटै खेलकुदको विकास गर्न गाउँपालिकाले थप कार्यक्रम गर्दै अघि बढ्ने बताउनु भयो । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन निस्दी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष मेख बहादुर सुनारीले गर्नु भएको थियो ।
मण्डली स्पोर्टले आयोजना गरेको दोस्रो मण्डली कप भलिबल प्रतियोगितामा निस्दी गाउँपालिका बाट दुई समुहले सहभागीता जनाएको थियो ।

Leave A Reply

Your email address will not be published.