Explore the Radio Palpa in shortly.

वालिङमा माघ १७ देखि २८ गतेसम्म सातौँ वालिङ महोत्सव हुँदै

0

तिलक गुरुङ
वालिङ, स्याङ्जाको वालिङमा सातौँ वालिङ महोत्सव २०७५ यही माघ १७ देखि २८ गतेसम्म हुने भएको छ । गण्डकी प्रदेश स्तरिय औधोगिक कृषि पर्यटन तथा साँस्कृतिक एवं व्यापार मेला “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको हो ।
२÷२ वर्षको अन्तरमा २०६३ देखि वालिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्दै आएको छ । सातौं संस्करण अन्तर्गतको मेलामा स्थानीय सरकार आएपछि वालिङ नगरपालिका समेत त्यसको आयोजक बनेको छ । वालिङ ८ खेलमैदानमा हुने महोत्सव सञ्चालनको लागी ठीक १ महिना समय रहँदा संघले मंगलबार आफ्नै सचिवालयमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा औपचारिक जानकारी गराएको छ । महोत्सवको बारेमा जानकारी दिदै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं आयोजक मुल समिति संयोजक शोभाकान्त पौडेलले वालिङ महोत्सव समग्र स्याङ्जा जिल्ला बासीको गौरव र पहिचान भएको बताउनु भयो । बालकदेखि बृद्धसम्मलाई लक्षित गर्दै महोत्सव आयोजना गरिएको भन्दै महोत्सवले स्थानीय वस्तु तथा सेवाको बजार प्रर्बद्धन गर्नुका साथै व्यवसायीहरुलाई प्रोत्साहन गर्ने अध्यक्ष एवं संयोजक पौडेलले बताउनुभयो ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा १५ करोड भन्दा बढीको व्यापारिक कारोबार गर्दै ५ लाख बढी दर्शक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले स्थानीय सरकार आईसकेपछिकोे प्रथम महोत्सव रहेको भन्दै पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यहाँले स्थानीय व्यवसायी तथा व्यापारीकै हितमा महोत्सव हुने गरेको भन्दै महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रचार प्रसार तथा कलाकार साउण्ड सिष्टम व्यवस्थापन उपसमितिका संयोजक पदमराज गुरुङले प्रचारप्रसार सुरु भईसकेको भन्दै फेदिखोला र राम्दीदेखि व्यानर लगाउन शुरु गरिसकेको बताउनुभयो । गुरुङले भन्नुभयो, “एक घर एक व्यानर, एक सवारी साधन एक स्ट्रिकर अभियानका साथ लागेका छौँ ।” वण्डर फुल वालिङको सहकार्यमा गरिने सय किलोमिटर पहाडी साईकल यात्रा तथा अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता महोत्सवको नयाँ आर्कषण बन्नेछ । प्रतियोगितामा विजेताले पुरुषतर्फ १ लाख ५० हजार र महिलातर्फ ३ लाख पुरस्कार राशीको व्यवस्था गरिएको छ भने दर्ताको लागी नेपालीलाई प्रतिव्यक्ति ५ हजार र विदेशीलाई १ सय ५० डलर लाग्नेछ । वण्डरफुल वालिङका अभियन्ता दिनकर नेपालले पर्यटन प्रर्बद्धनका लागी स्थापित समुहले वालिङलाई उदाहरणीय गन्तव्यको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो ।
हवाई केन्द्रको रुपमा आँधीखोला स्थापित भईसकेको अवस्थामा माउन्टेन वाईक टे«लको रुपमा संभावना धेरै रहेको उल्लेख गर्दै महोत्सवमा गरिने प्रतियोगिता निकै भव्य रहने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले वालिङमा विगतमा आयोजना गरिएका महोत्सवको समेत समिक्षा गर्न आवश्यक रहेको भन्दै मिडियाको तर्फबाट पुर्ण सहयोग रहने बताउनुभयो ।
व्यवसायिक चेतना अभिवृद्धि गर्ने, उत्पादक र उपभोक्ताहरुबीचको सम्बन्ध अभिबृद्धि गर्ने, हस्तकला व्यवसायको खोजी तथा प्रर्बद्धन गर्ने, कृषिउजको प्रर्बद्धन गर्ने, बजार अनुसन्धान एवं नयाँ वस्तुविकास गर्ने अवसरको सृजना गर्ने, आन्तरिक एवं बाह्य पर्यटन प्रर्बद्धन गर्ने, लोक संस्कृतिको जर्गेना गर्ने, सूचना प्रविधिको ज्ञान दिनेलगायतका उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । संघका वरिष्ठ उपाध्यक्ष एव्ां सहसंयोजक अर्जुनप्रसाद खनालले महोत्सव सफल पार्नका लागी मुल अयोजक सहित ३१ उपसमिति बनाईएको बताउनुभयो । महोत्सवमा कृषि व्यवसाय पर्बद्धनका लागी कृषि उपजहरु प्रर्दशनी तथा विक्रिका लागि निशुल्क स्टलको व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै संघका महासचिव एवं सचिवालय व्यवस्थपन, छपाई तथा प्रकाश संयोजक केशरबहादुर खांणले महोत्सव पर्यटकीय दृष्ट्रिकोणबाट आम नागरिकहरुमा प्रचारप्रसार गर्ने र पर्यटकीय क्षेत्रको रुपमा सम्र्बद्धन तथा प्रर्बद्धन गरी विकासमा चेतना जगाउन महोत्सव सफल हुने बताउनुभयो । महोत्सवमा कृषि तथा पशुपंक्षी, सुचना तथा प्रविधि, होटल, फेन्सी तथा कष्टमेटिक, हस्तकला, जुत्ता चप्पल लगायतका ३५० स्टलहरु रहनेछन् । विविध सांस्कृतिक कार्यक्रम, अगुवा कृषक तथा सरोकारवाला बीच अन्र्तक्रिया, अर्गानिक कफी तथा अदुवा, विद्यालय स्तरीय नृत्य प्रतियोगिता (स्याङ्जा डान्स आईडल सिजन २) शैक्षिक सामाग्रीको प्रर्दशनी, बाल उद्यान, हेलिकप्टर यात्रा तथा साहसिक प्याराग्लाईडिङ, आँधिखोलामा निर्माण हुने डुङगा यात्रा, जिल्ला स्तरीय भलिबल प्रतियोगिता महोत्सवको आर्कषण रहनेछन् । महोत्सवमा प्रवेश टिकट साधारण १ सय र विद्यार्थीका लागी ७० रुपैँया तोकिएको छ । अपाङ्ग र जेष्ठ नागरिकका लागि समेत सुलभ दरमा टिकटको व्यवस्था मिलाउने र महोत्सवको अवलोकन गराउने पक्षमा आयोजक रहेको छ ।
महोत्सव सम्पन्न गर्न १ करोड ५० लाख ५१ हजार १ सय ११ रुपैँया खर्च हुने संघले जनाएको छ । ६० लाख बचत गर्ने लक्ष्य रहेको महोत्सवमा प्रति टिकटको ५ रुपैँया व्यवसायिक हितकोषमा जम्मा गर्ने, प्रति टिकटको १ रुपैँया खेलमैदानको व्यवस्थापन गर्ने र बचत रकमबाट निर्माणधीन बहुउद्देश्यीय सामुदायिक भवनको विकास र नयाँ सचिवालय भवन निर्माण गर्ने संघले जनाएको छ । पत्रकार सम्मेलन संघका वरिष्ठ उपाध्यक्ष अर्जुन खनालको स्वागत र वालिङ उद्योग वाणिज्यका महासचिव केशर बहादुर खाँण ध्रुवको संचालनमा भएको हो ।

Leave A Reply

Your email address will not be published.