Explore the Radio Palpa in shortly.

सीता माविमा २ कोठे भवन शिलन्यास

0


पाल्पा (रामपुर) सीता माध्यमिक विद्यालयमा रामपुर सीता कुण्डमा २ कोठे नयाँ भवन शिलन्यास गरिएको छ । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको सोमबार शिलन्यास गरिएको हो ।
भवनको वैदिक विधि पूर्वक शिलन्यास गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले धार्मिक एवं ऐतिहासिक पुण्यभूमी सीताकुण्डलाई केन्द्रित गरी स्थानिय, प्रदेश र संघिय सरकार विकासका योजनाका साथ अघि बढेको बताउनुभयो । साथै थापाले समाज रुपान्तरणको लागि चेतनाको विकास आवश्यक रहेको र चेतनाको लागि शिक्षा क्षेत्रको विकास हुनु आवश्यक रहेको उल्लेख गर्दै नगर सरकार प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले सडक, शिक्षा, खानेपानी जस्ता विकासका पूर्वाधार निर्माणमा स्थानिय सरकारले ध्यन दिईरहेको समयमा पढाईको नाममा अहिले पनि गाउँ छाड्ने प्रवृति बढेको बताउनुभयो । साथै सबैजना शहर केन्द्रित हुँदा समस्या देखिएको बताउनुभयो । हिजोको तुलनामा गाउँमा धेरै परिवर्तन आएको बताउँदै पुर्खाहरुले स्थापना गरेको विद्यालय र सम्पदाको संरक्षणका लागि जुट्न स्थानियलाई आग्रह गर्नुभयो ।
उहाँले रामपुर नगरपालिका ३ को गैलुक र लामटाङ्ग टोलको खानेपानी समस्या समाधानको नगरपालिकाले गत वर्ष केही रकम विनियोजन गरेको र प्रदेश तथा संघिय सरकार संग पनि माग गरिएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार खनालले भवन निर्माण सुरु भए संगै भुकम्प पछि जिर्ण भवनले बढाएको जोखिम हटेको बताउनुभयो । उहाँले भवन निर्माण पछि सुरक्षित आवासमा विद्यार्थीहरुले पठानपाठन गर्ने पाउँदै स्थानियहरुलाई गाउँको विकासमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद खनालले शिक्षाको मुख्य आधारको रुपमा रहेको भवन नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १६ लाख रुपैयाँको लागतमा निर्माण हुने बताउनुभयो । ट्रस सहितको भवन आसार मसान्त भित्र सक्ने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता ज्ञावलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक रुद्र नेपालीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.