Explore the Radio Palpa in shortly.

वालिङको सबै वडाहरुमा मेलमिलाप समिती गठन गरिने

0


तिलक गुरुङ
साउन ३० गते
स्याङ्जा (वालिङ) “विवादको साटो, मेलमिलापको बाटो” भन्ने मुल नाराका साथ स्याङ्जाको वालिङ नगरपालिका भित्रको १४ वटै वडाहरुमा सामुदायिक मेलमिलाप समिती गठन हुने भएको छ । वालिङ नगरपालिकाले द एसियन फाउन्डेशन नेपालको प्राबिधिक सहयोगमा सामुदायिक मेलमिलाप समिती गठन शुरु गरेको छ ।
आज वालिङ नगरपालिका वडा नं. ५ मा भएको सामुदायिक मेलमिलाप तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा न्यायिक समिती संयोजक कल्पना तिवारीले समाजमा हुने घटना तथा विवाद समाधान दुबैलाई सहयोग पुग्ने गरी समाजमा नै मेलमिलाप जीवन सहज बनाउने उद्देश्यले नगरले लिएको बताउनुभयो । उहाँले नगरका १४ वटै वडाहरुमा सामुदायिक मेलमिलाप समिती गठन गरिने र वडा तहमा वडा नं. १०, १४, १ ,६,७, मा ६/६ जना मेलमिलाप कर्ता छनौट भैसकेको बताउनुभयो ।
छनौट तथा अभिमुखिकरण कार्यक्रममा द एसियन फाउन्डेशन स्याङ्जा शाखाका संयोजक सिताराम पौड्यालले सहजिकरण गरिरहनु भएको छ । वालिङ ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य महेश गुरुङको स्वागत र द एसियन फाउन्डेशनका अनुशा काफ्लेको संचालनमा भएको थियो । कार्यक्रम वडा नं. ५ जगतभञ्ज्याङको सभा हलमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.