Explore the Radio Palpa in shortly.

नव सिर्जना युवा क्लवको अध्यक्षमा जीवनकाजी गुरुङ

0

तिलक गुरुङ
स्याङ्जा (वालिङ) नव सिर्जना युवा क्लव वालिङ ५ पित्लेक स्याङ्जाको प्रथम अधिबेशन तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले जीवन काजी गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिती चयन गरेको छ ।
समितिको उपध्यक्षमा नरेन्द्र गुरुङ सहसचिवमा विशाल राना कोषध्यक्षमा पंकज गुरुङ, सहकोषध्यक्षमा रश्मि राना, सदस्यहरुमा तेजेन्द्र गुरुङ , इन्द्र राना , मनोज गुरुङ , मन बहादुर गुरुङ , प्रीती गुरुङ , अनिता गुरुङ, चित्र गुरुङ ,कुशल गुरुङ लगायत रहनु भएको छ । नया कार्य समिती लाई हिजौ शपथ ग्रहण गराइएको छ । अधिवेशनमा बोल्दै वालिङ ५ का वडा सदस्य महेश गुरुङ्ले बिकास कार्यमा क्लवले निर्वाह गर्दै आएको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।
साथै कार्यक्रममा कोषाध्यक्ष तुल बहादुर गुरुङले २ लाख ३४ हजार ७ सय ८ र बराबरको आर्थिक आय ब्यए प्रस्तुत गर्नु भएको थियो । पित्लेक तमु समाज भवनमा भएको अधिबेशन क्लवका अध्यक्ष भुपेन गुरुङको सभापतित्वमा भएको थियो । पुर्व सचिव चित्र बहादुर गुरुङको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव दिपक गुरुङले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.