Explore the Radio Palpa in shortly.

दर्शन युथ कप २०७६ को उपाधी आधिखोला पिसलाई

0
तिलक गुरुङ
स्याङ्जा (वालिङ) स्याङ्जाको वालिङ ५ मा सम्पन्न दर्शन युथ कप २०७६ को उपाधी आधिखोला पिस युथ क्लव भिरकोट बयारघारीले हात पारेको छ ।
दर्शन युथ क्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा आयोजक दर्शन युथ क्लवलाई २/० को सोझो सेटमा पराजित गर्दै आँधिखोला पिसले उपाधी चुमेको हो । पहिलो सेट २५/२१ र दोस्रो सेट २५/१९ अंकमा पछाडी पारेको थियो । यस संगै आयोजकले द्वित्तिय स्थानमा चित्त बुझाएको छ ।
यस्तै तृतिय स्थान छनौटको लागि भएको खेलमा २५/२०, र २५/१९को सोझो सेटमा सपाउदे लाई पराजित गर्दै महारुद्र क्लव जगतले तृत्तिय स्थान हासिल गरेको छ । सपाउदेले भने सान्त्वनामा चित्त बुझाएको छ । भदौ ६ गते देखि सुरु भएको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । बिजय समुहले क्रमश नगद ६० हजार रुपैयाँ, ४० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा आँधिखोला पिस युथका बिबेक क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएको छ ।
विजयी समुहलाई वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँणले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । पुरस्कार हस्तान्तरण गर्दै खाँणले युवाहरुलाई सृजनशिल बनाउन खेलकुदले महत्वपूर्ण योगदान दिने बताउनुभयो । क्लवका निर्देशक होम बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रम सदस्य केशर बहादुर मल्लको स्वागत र छवि आलेको सञ्चालनमा भएको हो ।

Leave A Reply

Your email address will not be published.