Explore the Radio Palpa in shortly.

सूर्या लाईफ इन्स्योरेन्स रामपुर शाखाले गर्यो अभिकर्ता सम्मान

0

पाल्पा (रामपुर) सूर्या लाईफ इन्स्योरेन्स कम्पनी रामपुर शाखाले सम्मान तथा अभिकर्ता पुर्नतजकी तालिम सम्पन्न गरेको छ । रामपुर शाखाले आफ्नो सभाहल बेझाँड नहरअफिसमा कार्यक्रम गरी शाखा अन्तर्गतका ११ जना एजेन्सी म्यानेजर, १५ जना टिम म्यानेजरलाई सम्मान गरेको हो ।
कार्यालय अन्तर्गतका एजेन्सी म्यानेजरलाई खादा र प्रमाणपत्र र टिम म्यानेजरलाई खादा ओढाई कम्पनीका सहायक महाप्रबन्धक किरण गौतम र रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले सम्मान गर्नु भएको थियो । त्यस्तै क्रममा रामपुर शाखा अन्तर्गतका अभिकर्ताहरुलाई बुटवल शाखाका शाखा प्रबन्धक जुना कुँवर, तानसेन शाखा प्रबन्धक दिल बहादुर बुढा, जनता बैंक रामपुर शाखाका शाखा प्रबन्धक बाबुराम लम्सालले जीवन विमाको महत्व, विमा बजारको अवस्था, कम्पनी बजारमा ल्याएका नयाँ योजना, विमा बजारमा प्रस्तुत हुने तरिका लगाएतका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा रामपुर शाखा अन्तर्गतका अभिकर्ताहरुको उपस्थिति रहेको थियो । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी रामपुर शाखाका एजेन्सी म्यानेजर अस्मलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रम एजेन्सी म्यानेजर विश्वनाथ भट्टराईको स्वागत र सूर्यालाईफ इन्स्योरेन्स कम्पनी रामपुर शाखाका शाखा प्रबन्धक विष्णु लम्सालले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.