Explore the Radio Palpa in shortly.

रामपुरमा अनेम संघको ३३ औं तीजगीत प्रतियोगिता सम्पन्न

0

पाल्पा (रामपुर) अखिल नेपाल महिला संघ रामपुरको आयोजनामा मंगलबार रामपुर बेझाँडमा तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा ३३ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताको उट्घाटन गर्दै प्रदेश नं. ५ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले ५ नं. प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेर कृषि बाटै विकासको सुरुवात गर्न लागि रहेको बताउनु भएको छ । प्रदेश सरकार कृषिको माध्यम बाट मात्र विकास गर्न सकिन्छ भन्ने निष्कर्ष निकाली प्राथमिकतामा राखेर कृषि बाट विकासको सुरुवात गरेको बताउनु भयो । पौडेलले कृषि संगै प्रदेश सरकारको विकासको आधार पर्यटन भएको उल्लेख गर्नु भयो । उहाँले फरक प्रसङ्गमा महिलालाई खुशी बनाउन सके मात्र परिवार खुशी हुने बताउनुभयो ।

उहाँले युवाहरुलाई स्वदेशमै कसरी रोजगारी सृजना गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानिय तिनै तहको सरकार लागि परेको बताउनु भयो । प्रतियोगिहरुले गितमार्फत उठाएका वैदेशिक रोजगारीले पारेको प्रभावका बारेमा बोल्दै उहाँले अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँदै वैदेशिक रोजगारीमा जानेको संख्या विगतको तुलनमा ३२ प्रतिशतले कमी आएको बताउनु भयो । उहाँले अहिले युवाहरु स्वदेश मै स्वरोजगारमा लागेको बताउनुभयो । पौडेलले गत वर्ष सरकार कानुन निर्माणमा लागेको र सबै भन्दा धेरै ४६ वटा कानुन निर्माण भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले विकासलाई पृथक ढंगले अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा संविधान सभाका सदस्य नारायणी शर्मा, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र बैजनाथ गाउँपालिका बाँकेका उपप्रमुख सारदा रेग्मी विश्वकर्माले समाजमा रहेका कुप्रथाको अत्य गर्दै मौलिक पनको संरक्षण गर्दै अघि बढ्नु आवश्यक रहेको बताएका थिए ।


प्रतियोगितामा रामपुर नगरपालिका, चापाकोट नगरपालिका र निस्दी गाउँपालिकाका १२ समुहले सामाजका विकृति, महिला सशक्तिकरण, समसामयिक घटना लगाएतका विषयमा आफ्ना गित तथा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा रामपुर १० का मीना न्यौपानेको समुह प्रथम, रामपुर ३ रजघराका रञ्जु भट्टराईको समुह द्धितिय, रामपुर २ का फुलमायाँ कुमालको समुह तृतिय र रामपुर ५ का सीता ढकालको समुह सान्तवना भएको छ । प्रशन्न खनालको समुह उत्कृष्ट भएको छ ।
प्रतियोगितामा विजयी समुहले क्रमश नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार सहित प्रमाणपत्र हातपारेका छन् । कार्यक्रमको अवसरमा भुमीगत तथा विभिन्न समयमा संगठनलाई सहयोग गर्ने २० जना अग्रज महिलाहरुलाई सम्मान गरिएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीका अध्यक्ष दुर्गा देवी रानाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य गिता देवी वि.क.को स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ रामपुर नगर कमिटी सचिव सञ्जु परियारले गर्नु भएको हो । प्रतियोगिताको अवसरम राष्ट्रिय लोक तथा दोहोरी गायक नारायण लेकाली, डिबि कालिज लगाएतले आफ्ना प्रस्तुति प्रस्तुत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.