Explore the Radio Palpa in shortly.

प्रेस युनियन पाल्पा शाखाले बुझायो ज्ञापन पत्र

0

पाल्पा
नेपाल प्रेस युनियन पाल्पा शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र प्रेस स्वतन्त्रता विरोधी ऐन कानुनको विरोधमा प्रेस युनियनका जिल्ला सभापति भरत शर्माले निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनु भएको हो । पत्र बुझेपछि श्रेष्ठले आफुले तत्काल सम्बन्धित मन्त्रालयमा पठाईदिने बताउनु भएको छ । सरकारी सञ्चार माध्यम बाट व्यावसायिक पत्रकारहरुलाई हटाएकोमा पुर्नवहाली गर्नु पर्ने र पत्रकार संघ संस्था संग सहमती भए अनुरुप मिडिया काउन्सिल बिधेयक पास गर्न माग गर्दै नेपाल प्रेस युनियनले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत आज ज्ञापन पत्र पठाएको हो ।

रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाएको साथै अन्य सरकारी सञ्चार माध्यममा पनि वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्ट्रिन्जरको म्याद थप नगरेको प्रति युनियनको गम्भिर ध्यानाकर्षण भएकाले केन्द्रीय निर्देशन अनुसार ज्ञापनपत्र पढाईको सभापति भरत शर्माले जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन पाल्पा शाखाका सभापति, पदाधिकारी, कार्यसमिति सदस्य, केन्द्रीय सदस्य, सल्लाहकार, प्रदेश पार्षद् लगायतका साथीहरुको उपस्थितीमा उक्त ज्ञापन पत्र पठाइएको हो ।

Leave A Reply

Your email address will not be published.