Explore the Radio Palpa in shortly.

नेपाल महिला संघको २६ औं तीजगीत प्रतियोगिता रामपुर सम्पन्न

0

पाल्पा
नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २६ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा रामपुर नगर कार्यसमितिले बेझाँड बजारमा तीजगीत प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगिताको उट्घाटन गर्दै पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य कमला पन्तले देशमा पछिल्लो समय सुशासन हराउँदै विकृतिहरु मौलाउँदै गरेको बताउनुभयो । उहाँले वाईडवडी खरिद, एनसेलको कर, बुढीगण्डकी मुआब्जा जस्ता ठूलाठूला भ्रष्टचारका कुराहरु सतहमा आए पनि वर्तमान सरकार निरिह बनेको बताउनुभयो । उहाँले दुई तिहाईको सरकारले कालो रातो, रातोलाई कालो बनाएर कालोलाई कालो, रातोलाई रातो भन्न नसकेको बताउनुभयो । जसका कारण समस्या बढ्दै गएको बताउनुभयो । उहाँले कांग्रेस विपद र समस्याको सामना गर्ने एक मात्र पार्टी भएको बताउनुभयो । उहाँले लामो समयको संघर्ष पछि महिलालाई ३३ प्रतिशतको हकदार बनाए पनि मुलुकका अधिकांश प्रमुख तहमा पुरुषको वर्चश्व कायम नै भएकाले अझै संघर्षको समय नसकिएको बताउनुभयो ।

उहाँले हाम्रा माग राख्ने शासन पद्धति लोकतन्त्र मात्र भएकाले यसको संरक्षणका लागि जुट्नु आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्थानिय तहहरु लोकतन्त्रको संस्थागत विगतको उपलब्धीको संरक्षण गर्नका लागि लागेको बताउँदै त्यस अभियानमा साथ दिन आग्रह गर्नुभयो । कार्यक्रममा अब्डुल रहमानले समेत आफ्नो भनाई राख्नु भएको थियो । प्रतियोगितामा गण्डकी वेशी क्षेत्रका १२ समुहको सहभागीता रहेको थियो । सहभागीहरुले समाजका विकृति, वर्तमान सामजको परिवेश, वैदेशिक रोजगारले पारेको प्रभाव, महिला सशक्तिकरणका विषयमा आफ्ना गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा प्रथम रामपुर १० का मीना गैह्रेको समुह प्रथम, क्षेत्री समाज नेपाल रामपुरको समुह द्धितिय, प्रगतशिल समुह चापाकोट ८ दामाचौर तृतिय र रामपुर १ का संगिताखत्री, सुप्रियागैह्रेको समुह सान्त्वना भएको छ। विजयी समुहले नगद सहित प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा लोक तथा दोहोरी गायिका एवं हाल काउली बुढी उपनामले परिचित सन्ध्या बुढाको बेजोड हाँस्य तथा सांस्कृतिक प्रस्तुति रहेको थियो । काउली बुढीको प्रस्तुतिको क्रममा रामपुर युवा क्लवको मञ्च परिसर दर्शकहरुको भिडले भरिएको थियो ।

साथै कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती रहेको थियो । साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहेको छ । नेपाल महिला संघ रामपुरका सभापति शारदा आचार्यको अध्यक्षतामा भएको कार्यक्रम नेपाल महिला संघ क्षेत्र नं. १ का सभापति विष्णु मायाँ ढकालको स्वागत र नेपाल महिला संघका क्षेत्रिय सचिव लक्ष्मी थापा र पवित्रा पौडेल ढकालले सञ्चालन गर्नु भएको हो ।

यस्तै तिजगीत प्रतियोगिताको अवसरमा नेपाल महिला संघ रामपुर तथा विभिन्न संस्थाहरुले मौलिक तिज भाका मार्फत चर्चा कमाउन सफल रामपुर ५ का लक्ष्मी तिवारी तिवारी आमालाई सम्मान गरेको छ । पहिलो पटक यस वर्ष पानी मरुवा तिजभाकामा समेत स्वर तथा अभिनय दिनु भएका उहाँलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । कार्यक्रमको अवसरमा ओम शान्ति डिजिटलले आफ्नो युट्युव च्यानल मार्फत आयोजना गरेको मौलिक तिजभाकामा अध्याधिक भ्युज पाउन सफल लक्ष्मी तिवारी तिवारी आमालाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरेको छ । यता नेपाल महिला संघ रामपुरले रामपुर पाटी र संघलाई विभिन्न समयमा सहयोग गर्दै आउनु भएका ५ जना अग्रज महिलाहरुलाई सम्मान गरेको छ । रामपुर ७ की झगरी कुमारी दिसुवा, रामपुर ८ की भगवती ढकाल, रामपुर ४ का शिवकान्ति डोटेल, जैतुन मियाँ लगाएतलाई सम्मान गरेको हो ।

Leave A Reply

Your email address will not be published.