Explore the Radio Palpa in shortly.

पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन

0

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन भएको छ । नेवारी संस्कृतिमा आधारित लाखेनाच संरक्षणमा टेवा दिने उद्देश्यले नेवा : समाज रामपुरको आयोजनामा ११ औं संस्करणको प्रदर्शनी भएको हो ।


प्रदर्शनीमा पाल्पा, स्यांङ्जा, तनहुँका १७ वटा लाखेनाच समुहले आआफ्नै शैलीका लाखेनाच प्रस्तुत गरेका थिए । नेवारी भेषभुषमा सजिएका युवा, महिला तथा पुरुषहरुले लाखेनाच संगै बेझाँड बजार परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि औपचारिक कार्यक्रम सहित बेझाँड बजारमा पालैपालो प्रदर्शन गरिएको थियो । नेवा ः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रम प्रदेश नं. ५ का सांसद युवराज खनालको प्रमुख आतिथ्यतामा भएको हो । बृहत लाखेनाच प्रदर्शनीको शुभारम्भ गर्दै प्रमुख अतिथी खनालले हाम्रो देश कला र संस्कृतिको धनी रहेको बताउँदै लाखेनाच पनि त्यसै मध्यको एक भएको बताउनुभयो ।
उहाँले लाखेनाच लोकप्रिय नाचको रुपमा रहेको भन्दै यसको संरक्षण र सम्वद्र्धनको लागि तीनै तहको सरकारले ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले नेवा : समाज रामपुरले संस्कृतिको संरक्ष्णको लागि गर्दै आएको कार्यक्रम निकै सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले नेवारी संस्कृतिको संरक्षण संगै छुट्टै पहिचानको लागि यस्ता प्रदर्शनी संगै संग्राहालय स्थापनाको आवश्यकता रहेको बताउनु भयो ।
त्यस्तै नेवा : समाज रामपुरका सल्लाहाकार राजु् प्रसाद श्रेष्ठले लाखेनाचको ऐतिहासिक पृष्ठभूमीका बारेमा प्रकाश पार्दै गण्डकी बेसी क्षेत्रमा रहेका नेवारी संस्कृतिको संरक्षणको लागि लाखेनाच प्रदर्शनीको थालनी गरिएको बताउनुभयो ।

नेवा : समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले छरिएर रहेका संस्कृतिलाई एकितृत गर्नका लागि प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्दै आएको दावी गर्नुभयो । कार्यक्रमको अवसरमा नेवा समाज भित्रका ८० वर्ष भन्दा माथिका ९ जना वृद्धबवृद्धाहरुलाई सम्मान गरिएको थियो ।

वर्षादका विच भएको प्रदर्शनमा हजारौं दर्शकहरुको सहभागीता रहेको थियो । नेवा : समाज रामपुरका सदस्य रुद्र नारायण श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद नेवा समाज रामपुरका सहसचिव सुय्र्र प्रसाद श्रेष्ठले ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव विमल श्रेष्ठले गर्नु भएको हो । श्राद्धपूर्णिमाको अवसरमा नेवा ः समाज रामपुरले प्रत्येक वर्ष प्रदर्शनी कार्यक्रम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.