Explore the Radio Palpa in shortly.

युथ युनियन कपमा भोली देखि क्वाटर फाईनलका खेल हुने

0

पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा भोली देखि क्वाटर फाईनलको खेल हुने भएको छ । पहिलो चरणको खेल आज सम्पन्न भए संगै भोली बाट क्वाटर फाईनलको खेल हुने निश्चित भएको हो ।
पहिलो चरणको बाँकी ४ खेल आज भएको थियो । विजय दशमी तथा शुभदिपावलीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत १६ समुहको सहभागीता रहेको थियो । आज भएको पहिलो चरणको पाँचौ खेलमा कालीगण्डकी युवा क्लव रामपुर ४ र सिज नेपाल सदावर्त विच भएको थियो । खेलमा ३÷० गोल अन्तरले सिज नेपाल विजयी भएको छ ।
त्यस्तै भम्बक युनाईटेड रामपुर ५ र रिभर भ्याली युवा क्लव रामपुर ६ तिलकपुर विच भएको खेलमा १/० ले रिभर भ्याली विजयी भएको छ । टाईगर क्लव चापाकोट र सराई एफसी विच भएको खेलमा २/१ गोलले टाईगर क्लव चापाकोट विजयी भएको छ । कालीका युवा क्लव रामपुर ४ देविस्थान र वि नाईन व्वाईज विजयपुर विच भएको पहिलो चरणको अन्तिम खेलमा विनाई व्वाईज १/० ले विजयी भएको छ । यस अघि युथ युनियन क्लव आयोजक ए, ज्योति पुञ्ज युवा क्लव रामपुर ७, जनजागृती युवा क्लव रामपुर ८ र युथ युनियन मटेरी आयोजक वि क्वाटर फाईनलमा प्रवेश गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.