Explore the Radio Palpa in shortly.

अन्तरपालिका स्तरिय भलिबलको सेमिफाईनल र फाईनल खेल आईतबार हुने

0
तस्वीर कृष्ण पंगेनीको फेसबुक वाल बाट साभार

शंकर प्रसाद श्रेष्ठ
पाल्पा (सिलुवा) पूर्वखोला १ सिलुवामा जारी तेस्रो मण्डली कप अन्तर्गत शनिबार व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कप अन्तर्गत भएको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा पनि नकआउट चरणको खेल सकिएको छ ।
व्याटमिन्टन प्रतियोगिताको फाईनल खेलमा रामपुरका शंकर बहादुर खाँण र भानु शाहीको समुहलाई सोझो सेटमा पछि पार्दै तनहुँ खैरेनी कमल राना र रेशम आलेले उपाधी जितेको छ । यस संगै रामपुरका शंकर खाँण र भानु शाहीको समुह द्वितिय स्थानमा सिमित भएको छ । यस्तै प्रतियोगितामा अन्जान थापा र सन्तोष सारुको समुह र होम बहादुर गुरुङ र मोहन गुरुङको समुह तृतिय भएको छ । प्रतियोगितामा विजयी समुहले क्रमश नगद २० हजार, १० हजार र ५ हजार हात पारेको छ ।
मण्डली स्पोर्टस् क्लवको शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान भन्ने नाराका साथ मण्डली स्पोर्टस् क्लव पूर्वखोला १ सिलुवा द्वारा आयोजित अन्तरपालिका स्तरिय पुुरुष भलिबल प्रतियोगिता अन्तर्गत नक आउट चरणको खेल सकिएको छ । प्रतियोगिताको सेमिफाईनलमा पाल्पाको पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र तनहुँको घिरिङ गाउँपालिका प्रवेश गरेको छ । यस्तै नकआउट चरणको खेलमा तिनाउँ गाउँपालिकालाई पूर्वखोला गाउँपालिकाले ३/१ सेटले पराजित गरेको छ । चापाकोट नगरपालिकालाई निस्दी गाउँपालिकाले ३/० को सोझो सेटमा पराजित गरेको थियो । घिरिङ गाउँपालिका र रामपुर नगरपालिका विचको खेलमा ३/१ सेटले घिरिङ विजयी भएको थियो । नकआउट चरणको अन्तिम खेल कालीगण्डकी गाउँपालिका र रम्भा गाउँपालिका विच भएको थियो । जसमा कालीगण्डकी ३÷१ सेटले विजयी भएको छ ।
सेमिफाईनल तथा फाईनल खेल आईतबार विहान ८ बजे देखि हुनेछ । सेमिफाईनलको पहिलो खेल पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका विच हुनेछ । त्यस्तै दोस्रो खेल कालिगण्डकी गाउँपालिका र घिरिङ गाउँपालिका विच हने मण्डली स्पोर्ट क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठले बताउनुभयो । फाईनल खेल दिउँसो २ बजे बाट सुरु हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद ६० हजार, द्वितिय हुनेले ४० हजार, तृतिय हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार सहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा पाल्पा, स्याङ्जा र तनहुँका विभिन्न पालिकाहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.