Explore the Radio Palpa in shortly.

कालीगण्डकी डाईभर्सनको विरोधमा केलादीधाममा महाआरती महोत्सव

0

पाल्पा (रामपुर) चापाकोट नगरपालिका ६ कलादीघाट धाम स्याङ्जामा प्रथम ऐतिहासिक कालीगण्डकी महाआरती महोत्सव भएको छ । कालीगण्डकी सभ्यता र शालिग्रामको संरक्षण तथा प्रवर्द्धन एवं कालीगण्डकी डाईभर्सनको विरोधमा हरिवोधनीको एकादशीको अवसरमा कार्यक्रम भएको हो ।


राधादामोदर मन्दिर नेपाल निम्बार्क पीठ चापाकोट ६ को आयोजना र ग्रामीण सहारा समाज एवं राधा आमा समुहको सहआयोजनामा कार्यक्रम भएको हो । राधादामोदर मन्दिर नेपाल निम्बार्क पीठका अध्यक्ष लेखनाथ बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रम संविधान सभाका सदस्य मोहन पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

महाआरति महोत्सवमा बोल्दै प्रमुख अतिथी पाण्डेले कालीगण्डकी डाईभर्सनको विकल्प खोज्नु आवश्यक रहेको बताउनुभयो । उहाँले विकल्पमा देवघाटको धार्मिक अस्तित्व संरक्षण हुने गरी सप्तगण्डकी डाईभर्सन अघि सार्न सकिने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कालीनदीको बहावलाई आफ्नै गतिमा बढ्नु दिनु पर्ने बताउनुभयो । उहाँले कालीनदी हाम्रो जीवन संग जोडिएकाले जीवन वचाउनका लागि नदी संरक्षणको आवश्यक रहेको उल्लेख गर्नु भयो । थापाले विज्ञहरुले नदी डाईभर्सन भएमा देखा पर्ने संकटको बारेमा जानकारी दिदै याहाँको पारिस्थितिक प्रणालीको संरक्षणको लागि नदीको योगदानको चर्चा गर्नुभयो । साथै थापाले जसरी रुपन्देही क्षेत्रका राजनैतिक दलका नेताहरु एकजुट भएर लागेका छन् त्यसै गरी कालीनदी तल्लो तटिय क्षेत्रका राजनैतिक दलका नेताहरु पनि अस्तित्वका लागि जुट्ने समय आएको बताउनुभयो ।
विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य नेत्र पराजुलीलेपूर्वीय दर्शन माथि पश्चिमा संस्कृतिको प्रभाव ेबढ्दै गएको भन्दै कालीगण्ड को डाईभर्सन पनि यसैको असर रहेको बताउनुभयो । हिजो हामी निदाएकोकारण डाईभर्सनको कुरा आएको भन्दै अब कालीगण्डकीको संरक्षणको लागि जाग्ने बेला आएको जानकारी दिनुभयो । कालीगण्डकीको सभ्यता वेद संग जोडिएको भन्दै कालीगण्डकी सभ्यताको संरक्षण गरे मुलुक नै समृद्ध बन्ने बताउनुभयो । मध्यविन्दु नगरपालिकाका महासचिव चेतन पौडेलले कालीगण्डकी बेशी क्षेत्रका जनतालाई डाईभर्सनको प्रभावको बारेमा जानकारी दिएर जागरुक बनाउने पर्ने बताउनुभयो । घिरिङ गाउँपालिका १ का वडा अध्यक्ष गंगाराम कुमालले देशको लागि भन्दा पनि अन्य मुलुकको हितको लागि डाईभर्सन हुन लागेको बताउनुभयो ।


शुक्रबार साँझ नदी किनारमा भएको महाआरतीमा हजारौंको संस्थामा स्थानिय सरोकारवाला लगाएत श्रद्धालुहरुको सहभागीता रहेको थियो । ग्रामीण सहारा समाजका पूर्व अध्यक्ष प्रमोद पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन राधादामोदर मन्दिर नेपाल निम्बार्क पीठ केलादी धामका सचिव घनश्याम खनालले गर्नु भएको हो । केलादीधाममा भएको एकादशी पाल्पा, स्याङ्जा, तनहुको गरि ६ कटा तोरण कालीगण्डकी नदीमा तारिएको छ । मेलामा हजारौ भक्तजनको उपस्थिती थियो ।


यसैविच हिजोै मुक्तिनाथ–देवघाटको गरिमा बोकेको कालीगण्डकी नदीको महिमा जोगाउन साथै नदी डाईभर्सनको विरोध स्वरुप कालीगण्डकी नदी किनारका विभिन्न स्थानहरुमा धार्मिक मेला तथा महोत्सव लागेको छ । नदीको स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपुर क्षेत्रका बासिन्दाले एक्यवद्धता जनाउदै कात्तिक ठुलो एकादशीको अबसरमा महोत्सव गरेको हो । पाल्पाको रम्भा गाउँपालिकाले हरिबोधनी एकादशीको अवसरमा हिजो हुँगी असेर्दी उत्तरबाहिनी क्षेत्रमा एक दिने प्रथम कालिगण्डकी महोत्सव गरेको हो । शुक्रबार काली नदीको तट रिडी, सेती बेनी, राम्दी घाट, असेर्दी घाट, निसर्दी घाट, भुजात, तातोपानी घाट, रामघाट, केलादी धाम, बेलघाट, बालीघाट तथा देवघाट लगाएका विभिन्न स्थानमा स्नान गर्ने तथा मेला भर्नेहरु उल्लेख्यिय सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.