Explore the Radio Palpa in shortly.

गल्याङका किसानहरुलाई उन्नत जातको घाँसको विउ

0

स्याङ्जा, स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । किसान सम्बन्धि विभिन्न संस्था तथा व्यवसायिक फर्महरुलाई अनुदानको रुपमा घाँसको विउ शुक्रबार गरेको हो ।
कार्यक्रमबाट गल्याङ नगरपालिका भित्रका कृषि फर्म तथा व्यवसायिक कृषकहरुलाई झण्डै १७ सय किलोग्राम घाँसको विउ वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार जै जातको घाँसको विउ १६ सय किलोग्राम र बर्सिम जातको घाँसको विउ ७० किलो ग्राम वितरण गरिएको छ । विउ पाएपछि किसान उत्साहित भएका छन् । घाँसको विउ वितरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकाबाट दिइएको विउको सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले अनुदानले मात्रै केही नहुने भन्दै किसान जागरुक हुन सकेमा मात्रै परिवर्तन सम्भव हुने बताउनुभयो ।
पछिल्लो समयमा गल्याङ नगरपालिकाका किसानहरुमा उत्साह थपिएको देखेर आफुलाई निकै खुशी लागेको उहाँले बताउनुभयो । आफु किसानका लागि भरिया र गोठालो भएको भन्दै नगरप्रमुख अधिकारीले किसानका लागि सहयोग गर्न नगरपालिकाको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । विदेश गएर मसला ल्याउने र लाहुेर भन्ने चलन रहेको भन्दै उहाँले यो प्रवृत्ति हटाउनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो —‘विदेशबाट मसला ल्याउन सबै व्यस्त भयौं तर आफ्नै करेसाबारीमा मसला उत्पादन गर्ने सोच हामीमा आउन सकेन ।’ प्याज, लसुन, खुर्सानी जस्ता सामान्य कृषि उपज समेत आफै उत्पादन गर्न नसक्दा छिमेकी देशले समय समयमा जिस्काउने गरेको भन्दै उहाँले राष्ट्रवाद बलियो बनाउन खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.