Explore the Radio Palpa in shortly.

समाजसेवी जमुना द्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

0

तिलक गुरुङ
स्याङ्जा (वालिङ) सेवा नै धर्म हो भन्ने भावनाका साथ वालिङ नगरपालिका ५ भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई एक महिलाले न्यानो कपडा सहित आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।4K Stogram 2022 Crack 
अन्तराष्ट्रिय अपांग दिवसका अवसरमा वालिङ नगरपालिका ५ आरुपाटाकी जिवनी गुरुङले वडा भित्र रहेका फरक क्षमता २७ जनालाई न्यानो कपडा र नगद सहयोग गर्नुभएको हो । जमुना नामले परिचित जिवनी दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ । गुरुङले मंगलबार आरुपाटा पर्यटन सामुदायिक भवनमा कार्यक्रम गरी वडामा भित्र रहेका असक्त, अनाथ तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग गर्नुभएको हो ।
कार्यक्रममा वालिङ ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीले जमुनाको सामाजिक काम सबैले अनुसरण गर्नुपर्ने भन्दै सभ्य समाज निर्माणका लागी सहयोगात्मक र सकरात्मक सोँचको विकास गर्नुपर्ने बताउनुभयो । साथै अध्यक्ष पंगेनीले फरक क्षमता भएकाहरुलाई प्रोत्साहन गरी समाजमा सम्मानका साथ जिवनयापन गर्ने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य महेश गुरुङले जिवनीको सहयोगले फरक क्षमता भएकाहरुलाई थप उर्जा मिलेको बताउनुभयो ।
पुर्व गाविस अध्यक्ष नरप्रसाद रेग्मीले केहीले जन्मजात र केहिले स्वास्थ्य अनुकुल हुँदा फरक क्षमताबाट जिवन जिउन बाध्य भएकाले उहाँहरुलाई प्रेरणा दिनुपर्ने बताउनुभयो । चुडामणि गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत तेजेन्द्र गुरुङ र सञ्चालन सुमिता गुरुङले गर्नुभएका थियो । न्यानो कपडा र नगद गरी १ लाख ३० हजारको लागतका सहयोग कार्यक्रम गरिएको जमुनाको परिवारले जनाएको छ । कोरियामा रहनुभएकी जमुनाले आफ्ना माईती पक्षका परिवार मार्फत सहयोग वितरण गर्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.