Explore the Radio Palpa in shortly.

प्राथमिक तहका नवनियुक्त शिक्षकहरुलाई रामपुर नगरपालिका द्वारा स्वागत

0

पाल्पा (रामपुर) शिक्षक सेवा आयोग बाट स्थायी भै आएका नवनियुक्त प्राथमिक तहका शिक्षकहरुलाई रामपुर नगरपालिकाले स्वागत संगै पदस्थापन पत्र हस्तान्तरण गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले बाट नियुक्ती लिएर नगरपालिकामा आएका १७ जना शिक्षकहरुलाई एक कार्यक्रमका विच स्वागत सहित पदस्थापन गरेको हो । रामपुर नगरपालिकाको कार्यकक्षमा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
शिक्षकहरुलाई स्वागत गर्दै नगरप्रमुख थापाले नगरको भविष्य शिक्षा संग जोडिएको भन्दै स्तरिय शिक्षा प्रदानमा कर्तव्यनिष्ठ भएर लाग्न आग्रह गर्नुभयो । त्यस्तै रामपुर नगरपालिकाका नगर उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले जुन उत्साहका साथ शिक्षण पेशामा लागिएको छ त्यहि उत्साहलाई कायम राख्दै अघि बढ्न अनुरोध गर्नु भयो । रामपुर नगरपालिकाका शिक्षा अधिकृत निरज पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रमको संञ्चलन रामपुर नगरपालिकाका कार्यालय सहायक सुन्दरी बस्ताकोटीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.