Explore the Radio Palpa in shortly.

डेढगाउँ खहरेमा रक्तदान कार्यक्रम सम्पन्न

0

ऋषिराम पौडेल
नवलपुर (डेढ गाउँ) बौडीकाली गाउँपालिका २ डेढगाउँ खहरेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्था को ८ औं वार्षिक उत्सवको अवसरमा भएको दोस्रो रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन् ।
कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्था बौडीकाली २ डेढगाउँको आयोजना, बौडीकाली गाउँपालिकाको आर्थिक सहयोग र रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रमको बौडीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले शुभारम्भ गर्नु भएको हो । रानाले कार्यक्रममा बोल्दै रक्तदान, जिवनदान भएकाले गाउँपालिकाले पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्दै जाने बताउनुभयो । कार्यक्रममा निस्दी गाउँपालिका १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँण, बौडीकाली गाउँपालिका २ का वडा अध्यक्ष बालप्रसाद ठाडा, बौडीकाली गाउँपालिकाका समाजसेवी श्यामसुन्दर श्रेष्ठ, सिघार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष हुमनाथ भट्टराईले आफ्नो भनाई राख्नु भएको थियो ।
कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गम बहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृष्ण गण्डकी साकोसका सचिव उज्वल ओझा र शिक्षा समिति सदस्य भानु भक्त ओझाले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.