Explore the Radio Palpa in shortly.

रामपुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाकाे अध्यक्षमा श्रेष्ठ

0

दुर्गेश मल्ल

रामपुर /पाल्पा, लामो समय नेतृत्व विहिन बन्दै आएको रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाले नयाँ नेतृत्व पाएको छ । संस्थाका सरोकावालाहरुको बैठकले सर्वसहमतीमा राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरे संगै नेतृत्व पाएको हो । श्रेष्ठले स्थापनाकाल देखि सचिव पदमा रहेर जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । 

नवगठित समितिको उपाध्यक्षमा हजुलदिन मियाँ, सचिवमा शालिग्राम सिग्देल, कोषाध्यक्षमा विष्णुमाया ढकाल, सदस्यहरुमा कमल सेन, सिर्जना पौडेल, टेकबहादुर वि.क., लोकनाथ ढकाल, मुना थापा रहेका छन् । त्यस्तै ब्लक नं १ को संयोजकमा हरिनाथ ढुंगाना, ब्लक नं २ को संयोजकमा श्रीराम कंडेल, ब्लक नं ३ को संयोजकमा चन्द्रकान्त भण्डारी, ब्लक नं ४ को संयोजकमा विष्णुप्रसाद लम्साल, ब्लक नं ५ को संयोजकमा मधुसुदन पोखरेल, ब्लक नं ६ को संयोजकमा प्रेमबहादुर पोखरेललाई छनौट गरिएको छ ।
नयाँ समितिले पूर्णता पाएसंगै नयाँ कार्यसमितिलाई एक कार्यक्रमका विच बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । निवर्तमान अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद युवराज खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, निर्वाचन समिति सदस्य बालकृष्ण लम्साल, रामपुर नगर समन्वय समिति सदस्य नेत्रप्रसाद भट्टराई लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।  निवर्तमान उपाध्यक्ष हुमनाथ न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य सूर्यप्रसाद घिमिरेले गर्नु भएको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको हितको लागी सरोकारवालाहरु संग सहकार्य गर्दै नयाँ कार्ययोजना बनाई अघि बढ्ने बताउनुभयो ।
साथै समिति गठनमा सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिनुभयो । त्यस्तै आजै बसेको बैठकले चैत महिनाको खानेपानीको महशुलमा पचास प्रतिशत ग्राहकलाई छुट दिने निर्णय भएको छ । चैत महिनाको खानेपानी महशुलको शुल्क पछि उठाइने तर मिटर रिडिङ्गको बिलम्व जरिवाना नलिने, नेपाल सरकार र बुटवल पावर कम्पनी संग विद्युत् महशुल छुट गर्न अनुरोध गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.