Explore the Radio Palpa in shortly.

पाल्पाका सनिल नेपाल पोर्चुगलको राजदुतमा सिफारिस

0

कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस हुनुभएको छ ।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आउनुभएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै हुनुहुन्थ्यो ।

उहाँले कांग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गर्नुभएको थियो । उहाँले दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै पाल्पालिहरुको साझा सस्था पाल्पाली सँगममा रहेर काम गरिसक्नुभएको छ ।

पाल्पामा जन्मेका नेपाल बाल्यकालदेखि नै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहनुभएको थियो। विद्यालयमा नेविसंघको अध्यक्ष हुँदै सुरु भएको उहाँको नेविसंघ यात्रा त्रिभुवन विश्वविद्यालय कीर्तिपूर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.