Explore the Radio Palpa in shortly.

समुदायमा काङ्रेश ,संबादमा काङ्रेश !

0

लोकतन्त्रको जग बलियो बनाउन नेपाली कांग्रेसले जनताको आवाज र सरोकारलाई अग्रपङ्क्तिमा राखेर समुदायमा आधारित अभियान थालेको छ ।जहाँ पार्टीका नेताहरूले विभिन्न समुदाय र आम नागरिकले सामना गरिरहेका सूक्ष्म चुनौतीहरू बुझ्न बासिन्दाहरूसँग प्रत्यक्ष सम्पर्क राख्छन्।

नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले आम नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने उद्देश्यका साथ नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पाल्पा जिल्लामा पनि सुरु भएको बताउनुहुन्छ!

परम्परागत राजनीतिक कार्यक्रम भन्दा पर गएर नेपाली कांग्रेसले विशिष्ट मुद्दाहरूलाई सम्बोधन गर्न स्थानीय संघसंस्था र समुदाय सँग प्रभावकारी रणनीतिक सहकार्य गर्ने छ । ग्रामीण विकास देखी शहरी परियोजनाहरू सम्म पार्टीले प्रभावकारी र दिगो समाधान गर्न समुदायहरूसँग हात मिलाएर काम गर्ने छ जस अन्तर्गत नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौला, कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक,लुम्बिनी प्रदेश सभा सदस्य माननिय वीर बहादुर राना,नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ,नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठ,तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ लगायत नेताहरु पश्चिम पाल्पाकै शैक्षिक धरोहरका रूपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस,तानसेन नगरपालिका, गन्धर्ब टोल,पाल्पाली उधोगी ,व्यापारी, सडक पेटीमा ब्यवसाय गर्ने निम्न ब्यापारी ,भगवती गुठिका पदाधिकारी ,सामुदायिक सेवा केन्द्रमा पुगी नागरिकहरूसँग भेटघाट र अन्तर्कृया गरेका छन ! आफ्नो अभियानलाई संचालन गर्न ८१ वटै वार्ड मा प्रतिनिधि मार्फत वडामा पुगी समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवस्था बुझ्ने छ र समस्याहरुको हल गर्न वडा स्तर देखीनै पहलकदमी लिने गरी अभियान चलाइेको छ !
प्रत्यक्ष अन्तरक्रिया, सहकार्य र समावेशीतालाई प्राथमिकतामा राखेर पार्टीको नागरिक सँग बलियो सम्बन्ध मात्र हुने छैन यो त लोकतन्त्रको मर्म र सँघियताको सुन्दर नमुना हुनेछ जिल्ला सभापति बताउनुहुन्छ !
नेपाली काङ्रेश केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार संचालित यो अभियान समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियानको रहेको छ।
माघ १६ गते शहिद दिवसको दिन विशेष कार्यक्रम सहित अभियानको पहिलो चरण प्रारम्भ भैइ माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ।

Leave A Reply

Your email address will not be published.