Explore the Radio Palpa in shortly.

नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजनामा एक हप्ते उद्घोषण तथा भाषण कला तालिम सुरु।

0

पाल्पा, आधारभूत उद्घोषण तथा भाषण कला तालिम रामपुरमा सुरु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजना एक हप्ते तालिम सुरु भएको हो । गणेशमान स्मृति प्रतिष्ठानको सभाहल बेझाँडमा भएको तालिमको आज एक कार्यक्रमका विच उट्घाटन गरिएको छ ।

नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम रामुिर नगरपालिकाका नगर प्रमुख एवं नेपाली कांग्रेसका महासमिति सदस्य रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । तालिको उट्घाटन गर्दै प्रमुख अतिथी थापाले वाक कलाको विकासले आफुमा भएको प्रतिभाको प्रस्फुटन संगै नेतृत्व विकासमा महत्वपूर्ण टेवा दिने बताउनुभयो । उहाँले तालिमलाई प्रभावकारी बनाउन सहभागीहरुलाई सक्रिय रुपमा सहभागी हुन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले संगठनलाई थप चलायमान बनाउनका लागि तालिमको सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सचिव ओम प्रकाश बस्याल, तालिमका प्रशिक्षक राम प्रसाद ढकाल (रमेश), नेपाल विद्यार्थी संघ पाल्पाका सभापति दिपक अर्याल र पत्रकार सीता डोटेलले तालिम सफलताको शुभकामना दिनु भएको थियो । नेपाली कांग्रेस रामपुर नगर समितिका उपसभापति देव बहादुर थापा मश्राङ्गीको स्वागत बाट सुरु भएको उट्घाटन कार्यक्रमको सञ्चालन सचिव चिरिन्जिवी सिग्देलले गर्नु भएको छ ।

आगामी फागुन ७ गते सम्म सञ्चालन हुने तालिममा नगरका १० वटै वडा बाट ३० जना भन्दा बढीको सहभागीता रहेको छ । तालिमको सहजिकरण रामप्रसाद ढकाल (रमेश), पत्रकार दानु हिस्की, दुर्गेश मल्ल, सीता डोटेल र इमान सिं राना लगाएतले गरिरहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.