Explore the Radio Palpa in shortly.

नेपाल विद्यार्थी संघ पाल्पाको संगठन बिस्तार प्रारम्भ !

0

पाल्पा- नेपाल विद्यार्थी संघ पाल्पाले सँगठन विस्तार प्रारम्भ गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले राष्टिय झण्डा र पाटी सचिव एवम विद्यार्थी विभाग प्रमुख सुनिता अधिकारीले कलम र मसाल अंकित झण्डा नेपाल विद्यार्थी संघको झण्डा विद्यार्थी नेताहरूलाई प्रदान गरि सँगठन विस्तारको अभियान प्रारम्भ गर्नुभएको हो ।

झण्डा हस्तान्तरण गरि सँगठन विस्तारको प्रारम्भ गर्दै नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठले नेपाल विद्यार्थी संघ नेपाली काङ्ग्रेस भातृ संगठन रहेको बताउनुभयो । लामो समय देखि सँगठन विस्तार हुन नसक्दा विद्यार्थी नेताहरूको उत्पादन हुन नसकेको बताए । नेपाल विद्यार्थी संघ पाल्पाले अब सँगठन विस्तारको अभियान प्रारम्भ गरेको छ । विगतको जस्तै सँगठनलाई मजबुत बनाउने गरि सँगठन विस्तार तिव्रता दिन सभापति श्रेष्ठले आग्रह गरे । सँगठन विस्तारको क्रममा हरेक विद्यालय वा क्याम्पसमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्न समेत निर्देशन दिएका छन ।

नेपाल विद्यार्थी संघ पाल्पाको टिमले जिल्लाका सम्पूर्ण विद्यालयहरुमा राष्ट्रियताको प्रतीक नेपालको झण्डा वितरण अभियानको शुभारम्भ गरेको नेपाल विद्यार्थी संघ पाल्पाका सभापति दिपक अर्याल र स्वबियु सभापति नेता कृष्ण अर्यालले बताए । राष्ट्रियतासँग सम्बन्धित गौरवपूर्ण यो अभियानसँगै जिल्ला भरि नै सँगठन विस्तारलाई अभियान प्रारम्भ भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुवास गैरेले बताए ।

Leave A Reply

Your email address will not be published.