Explore the Radio Palpa in shortly.

रामपुरमा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योगध्यान कार्यक्रम सुरु ।

0

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाको आयोजनमा रामपुर आयुर्वेद अस्पतालको सभाहल चार दिने कार्यक्रम बुधबार देखि सुरु भएको हो । कार्यक्रमको आज एक कार्यक्रमका विच शुभारम्भ गरिएको थियो । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख यज्ञ प्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुगौ प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी पोखरेलले यस किसिमका कार्यक्रमलाई विद्यालय स्तर सम्म थप प्रभावकारी बनाएर अघि बढाउनु आवश्यक रहेको बताउनुभयो । रामपुर नगर शिक्षा समितिका सदस्य सावित्रा गौतमले कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिनु भएको थियो । रामपुर नगरपालिका भित्रका विद्यालयका शिक्षक, नागरिक आरोग्य केन्द्र तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ । कार्यक्रममा आज डाक्टर हौसला धितालले मानसिक स्वास्थ्य, योग ध्यान र आयुर्वेद्धमा मानसिक स्वास्थ्य सम्बन्धी उपचार विधिको बारेमा प्रशिक्षण दिनु भएको थियो । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख यज्ञ प्रसाद गैरेले पूर्वी पाल्पामा आत्महत्याको दर बढ्दो क्रममा रहेको र न्यूनिकरणका लागि आवश्यक परामर्शका कार्यक्रमलाई थप व्यापक बनाउन प्रशिक्षक तयार पार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । रामपुर आयुर्वेद अस्पताल रामपुरका प्रमुख चेमन प्रकाश पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाका वरिष्ठ कविराज सरिता के.सी. गोदारले गर्नु भएको हो । कार्यक्रम आगामी असार २२ गते सम्म सञ्चालन हुनेछ ।  

Leave A Reply

Your email address will not be published.