Explore the Radio Palpa in shortly.

लोकतन्त्र र संविधानको रक्षाको लागी नेपाली काँग्रेस पाल्पाको मौन प्रदर्शन।

0

तानसेन, पाल्पा — नेपाली काँग्रेस पाल्पाको आयोजनामा आज तानसेन स्थित बिपी स्मृति भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संविधान दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, Generation-z (पुस्ता) का विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियनका नेताहरु समेतको सक्रिय सहभागिता रह्यो।

अन्तरक्रियापछि सहभागीहरू तानसेनको आन्दोलनचोकमा भेला भई मौन प्रदर्शनमा उभिएका थिए। उनीहरूले हातमा संविधान, राष्ट्रिय झण्डा र पार्टीको झण्डा बोकेका थिए भने “संविधान हाम्रो गौरव, लोकतन्त्र हाम्रो परिचय”, “जनताको सरकार, जनताको संविधान” र “अब समृद्धि — संविधान निर्माणदेखि कार्यान्वयनसम्म नेपाली काँग्रेस” जस्ता सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेपाली काँग्रेस पाल्पाका अनुसार यस मौन प्रदर्शन लोकतन्त्र र संविधानको रक्षा, सुशासन ,समृद्धि र सामाजिक न्यायको लागी भएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.