Explore the Radio Palpa in shortly.

कार किन्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी १० कुरा

0

आफ्नै गाडी चढ्ने सपना नबोक्ने कमै होलान् । बदलिँदो समयसँगै गाडी विलाशिता भन्दा बढी आवश्यक्ताको साधन बनेको छ । त्यसैले धेरै व्यक्ति यसलाई अपनाउन लालायित हुन्छन् ।

आफ्नो आर्थिक अवस्थाले धान्न सक्ने भएपछि गाडीको सपनालाई साकार पार्नु स्वभाविक पनि हो । दशैंतिहारको अघि अहिले काठमाडौंमा नाडा अटो-शो चलिरहको छ ।

awashis-ojha

धेरैले शोमा पुगेर गाडी बुक गरेका छन् भने कति बुकिङको तयारीमा छन् । गाडी किन्दा उपभोक्ताहरु कस्तो गाडी किनौं भन्नेमा बढी ‘कन्फ्युजन’मा पर्छन् । धेरैलाई कुन कम्पनी र कस्तो सेगमेन्टको गाडी किन्ने भन्नेमा द्विविधा हुन्छ ।

गाडी किन्नुअघि तपाईंले ध्यान दिनुपर्ने धेरै कुराहरु छन् । तपाईंले गाडी किन्दा केही मुलभुत कुराहरुमा ध्यान पुर्‍याउनुभएन भने भविष्यमा पछुताउनुपर्ने अवस्था पनि आउन सक्छ ।

हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सिनियर मार्केटिङ म्यानेजर अवाशिस ओझा गाडीमा घरपछिको दोस्रो ठूलो लगानी हुने भएकाले विषेश ध्यान दिन आग्रह गर्छन् । गाडी किन्नु अघि बिचार पुर्‍याउनुपर्ने कुराहरु के-के हुन् त ? भन्नेबारे ओझाले दिएका १० टिप्सः

१. मूल्य र छुट नहेर्नुस्

सामान्यतया कुनैपनि नयाँ गाडी किन्दा ग्राहकले मूल्य मात्रै हेर्छन् । छुट कति छ भन्नेमा बढी चासो र चिन्ता राख्छन् । तर मूल्य मात्रै हेरेर हुँदैन । मूल्यमा सम्झौता गर्दा तपाईंले कमजोर पर्फमेन्स भएको गाडी रोज्ने खतारा हुन्छ । यसो भन्दैमा आफूले ‘अफोर्ड’ नै गर्न नसक्ने महंगो गाडी किन्नुपर्छ भन्ने होइन् । आफ्ना ेबजेटलाई ध्यान दिनैपर्छ ।

तर, थोरै मूल्य अन्तरमा सम्झौता गरेर गाडी किन्दा तपाईंलाई भविष्यमा पछुताउनुपर्ने हुन सक्छ । त्यसैले मूल्यभन्दा बढी गाडीको पर्फमेन्सलाई हेर्नुस् । छुट कति दिइएको छ भनेर आकषिर्त हुँदा रामो गाडी तपाईंको नबन्न सक्छ ।

२. ब्राण्डलाई छान्नुस्

प्रायः मूल्यको मात्र पछि लाग्दा नयाँ गाडी किन्नेहरु ब्राण्डमा ध्यान दिँदैनन् । तर, गाडीको ब्राण्डले पनि धेरै कुरामा असर पारिरहेको हुन्छ । गाडी किन्नु भनेको ठूलो लगानी गर्नु हो । गाडीमा ब्राण्ड नहेर्दा भविष्यमा समस्या आउन सक्छ । आफूले किन्न लागेको गाडी कुन ब्राण्डको हो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो । किनभने बस्थापित ब्राण्डको गाडी किन्दा हुने फाइदा धेरै छन् ।

गाडी किन्दा आफ्नो ठाउँमा कुन ब्राण्डले राम्रो गरिरहेको छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ । कम्पनीको सर्भिस नेटवर्क के छ ? पाट्र्सको उपलब्धता कति सहज छ ? लगायतका विषयमा पनि ब्राण्डले खास आर्थ लाग्छ ।

३. रिसेल भ्यालुबारे सोच्नस्

सुरुमा गाडी किन्दा मान्छेलाई लाग्छ की, ‘अब लामो समयमा नै यही गाडी चढ्छु ।’ तर, सँधै त्यही अवस्था हुँदैन । केही समयलगत्तै मान्छे त्यसबाट अपग्रेड हुन चाहान्छ । यो मानवीय स्वभाव हो ।

तर, आफू अपग्रेड हुने समयमा आफूले लगानी गरेको गाडी उत्कृष्ट ब्राण्डको छैन भने समस्या हुन सक्छ । महंगोमा किनेको गाडी छोटो समयभित्रै निकै कम मूल्यमा विक्री गर्नुपर्ने अवस्था आउँछ ।

कमजोर ब्राण्डका गाडी किनेको एक-दुई वर्षमै रि-सेल भ्यालु निकै घट्छ । सडकमा जुन कम्पनीको गाडीको भिजिबिलटी जति बढी हुन्छ, त्यति नै रिसेल भ्यालु बढी आउँछ ।

त्यसैले जसले गाडी किन्दा ब्राण्डमा ध्यान दिन्छ, उसले पछि गाडी बेच्दा पनि पछुताउनुपर्दैन । कम्पनीको जति बढी गाडी बिकेको हुन्छ त्यो गाडी रिसेल मूल्य स्वतः बढी आउँछ ।

४. कम्फोर्ट जाँच्नुस्

मान्छेहरुले पहिलोपटक गाडी किन्दा यो कुरामा कमै ध्यान पुर्‍याउँदैनन् । गाडी चढेपछि त्यो आफ्नो लागि कम्र्फटेबल हुनैपर्छ । गाडी भित्र तपाइर्ं बसेपछि एउटा ‘फिल’ आउनुपर्छ ।

गाडी चढ्दा वन्डरफुल फिलिङ गर्न सकिएन भने मजा हुँदैन । गाडी किन्नेले ‘म सँगै को-प्यासेन्जर पनि बस्छन्’ भन्नेमा ध्यान दिनुपर्छ । यसका लागि लेग-रुम राम्रो हुनुपर्‍यो । हेड रुम पनि हेर्नुपर्‍यो । नेपालको बाटोको दुरावस्था सबैलाई थाहा छँदैछ, त्यसैले सस्पेन्सन कस्तो छ ? भन्ने समेत बुझ्नुपर्छ । गाडी किन्नुअघि नै यो लंग टर्मका लागि ठिक हुन्छ की हुँदैन भन्नेमा चिन्ता गर्नुपर्छ । कम्र्फट फिचर्समा ध्यान दिइएन भने अफरोडमा धेरै समस्या आउन सक्छ ।

cmpact-suv
५. फिचर्स दाँज्नुस्

गाडी किन्नुअघि त्यसका विभिन्न फिचर्सहरुमा पनि ध्यान दिनुपर्छ । यदि तपाईं समय-समयमा ट्राभलका लागि निस्किरहनु हुन्छ भने बुट स्पेश कति छ भन्नेमा होस पुर्‍याउनुस् । आफ्नो आवश्यक्ता अनुसारको बुट स्पेश भएका गाडी किन्ने प्रयत्न गर्नुहोस् ।

यति मात्रै होइन, अन्य फिचर्सहरु कस्ता छन् भन्नेमा पनि चासो राख्नुपर्छ । एयर कन्डिसनर कस्तो छ भन्ने ध्यान दिनुपर्छ ।

ब्लु-टुथ कनेक्टीभिटी पनि अब गाडीमा आवश्यक छ । ड्राइभिङको समयमा फोन आउँदा यो फिचर्सले सहयोग गर्छ । यसले सेफ्टीका लागि पनि सघाउँछ ।

यस्तै अडियो सिस्टम कस्तो छ ? कप होल्डर र पकेटहरु कति छन् ? ड्यास बोर्डको ग्लोब्समा कुलिङ सिस्टिम छ कि छैन ? लगायतका विषयमा ध्यान दिनुपर्छ । किनभने यस्ता युटिलिटी फिचर्सहरुले यत्रालाई सहज बनाउँछ ।

६. ग्राउण्ड क्लेयरेन्स हेर्नुस्

तपाईंका गाडी कस्तो सडकमा बढी गुड्छ भन्ने कुरा महत्वपूर्ण छ । नेपालका प्रायः सडकहरुको अवस्था नाजुक छ । त्यसअनुसार सकेसम्म उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स भएको गाडी किन्नुपर्छ ।

गाडीलाई कन्डिसनमा राख्नका लागि पनि राम्रो क्लेयरेन्सको महत्व हुन्छ । आफुले नियमित प्रयोग गर्नुपर्ने सडकलाई ध्यानमा राखेर उपयुक्त ग्राण्ड क्लेयरेन्स भएको गाडी रोन्नुपर्छ ।

७. माइलेजमा ध्यान दिनुस्

गाडी किनेर मात्रै हुँदैन । त्यसमा आवश्यक फ्युलका लागि पनि तपाईंको अवस्था बलियो हुुनपर्छ । आफ्नो आम्दानी र खर्चको क्षतताअनुसार माइलेज भएका गाडीलाई रोज्नुपर्छ । कम माइलेज भएका गाडीले झनै खर्च बढाउन सक्छन् ।

काठमाडौंसहितका ट्राफिक जाम हुने शहरका लागि गाडी किन्दै हुनुहुन्छ भने पहिलो र दोस्रो गियरमा कति फ्युल खपत हुन्छ भन्नेमा पनि ध्यान दिनुपर्छ । धेरैले यसमा ध्यान दिँदैनन् । तर, फस्र्ट र सेकेण्ड गियरमा दिने माइलेज पनि शहरी क्षेत्रमा गुड्ने गाडीका लागि ध्यान दिनुपर्छ ।

८. सेफ्टी फिचर्स खोज्नुस्

नेपालमा सवारी दुर्घटना बढ्दो छ । सडकमा कति बेला दुर्घटनामा पर्ने हो भन्ने थाहा हुन्न । त्यसैले आफूले किन्ने गाडीमा सुरक्षाका लागि के-के फिचर्सहरु छन् भन्नेमा ध्यान दिनुपर्छ ।

विशेषगरी हाइ-वेमा गाडी लिएर गइरहनुपर्नेका लागि यो झनै महत्वपूर्ण हुन्छ । हाइ-वेमा गाडी तीव्र गतिमा गुड्ने भएकाले एयर ब्याग भएका गाडी बढी सुरक्षित हन्छन् । अहिले विभिन्न एडभान्स् सेफ्टी फिचर्सहरु गाडीमा राख्ने गरिएको छ ।

त्यसैले आफूले किन्ने कारमा विश्वसनीय सुरक्षा प्रविधि हनुपर्छ भन्ने धारणा बनाउनुपर्छ । आजभोलि प्रायः सबै कम्पनीहरुले एयरब्याग फिचर्स राखेरै कारहरु ल्याउने गरेका छन् ।

सिटीभित्र कम स्पीडमा ड्राइभ गर्नेहले एयर ब्यागमा चासो दिँदैनन् । त्यो स्वभाविक नै हो ।

९. मर्मत खर्च र सुविधामा ध्यान दिनुस्

सस्तो मूल्यका कार चलाउन तथा मर्मत गर्न पनि सस्तो नै हुने हुन्छ । तर, कम्पनीअनुसार यसको लागत भने फरक हुन्छ ।

पुराना कार उत्पादकहरुले तिनको स्पेयर पार्ट्स सस्तो मूल्यमै उलपल्ध गराउँछन् । नयाँ कम्पनीहरु पनि यसका लागि प्रतिस्पर्धामा छन् ।

पाटर्सको उपलब्धता पनि सहज हुन जरुरी छ । कम्पनीको सर्भिस नेटवर्क पनि राम्रो हुनुपर्छ । त्यसैले आफूले किन्ने कम्पनीको गाडीको मर्मत खर्च, पाट्र्सको उपलब्धता र सर्भिस नेटवर्कलाई पनि ध्यान दिनैपर्छ । मर्मत खर्च बेहोर्न कठिन हुनेले लामो समयको सर्भिस प्याकेजसहितका कार खरिद गर्नु ठिक हुन्छ ।

१०. टेष्ट ड्राइभ गर्नुस्

कार किन्ने अन्तिम निर्णय अघि तपाइर्ंले टेष्ट ड्राइभ गर्नुपर्छ । किनभने ठूलो लगानी गरेर किन्न लागिएको कार कस्तो छ भन्ने ‘कन्र्फम’ हुन तपाईंले टेष्ट ड्राइभ आवश्यक हुन्छ ।

अहिले नेपालमा गाडी विक्री गर्ने अधिकांश कम्पनीले ग्राहकलाई टेष्ट ड्राइभको सुविधा दिएका छन् । टेष्ट ड्राइभिङले तपाईंलाई निर्णय लिन र विश्वस्त हुन सहयोग गर्छ ।

टेष्ट ड्राइभिङपछि उब्जिएका प्रश्नहरुको उत्तर कम्पनीको अधिकारीहरुसँग खोज्नुभयो भने तपाईंले भविष्यमा गाडी किनेर पछुताउनुपर्ने अवस्था आउँदैन ।

Leave A Reply

Your email address will not be published.