Explore the Radio Palpa in shortly.

कस्ले जित्ला टानमा ? प्रजातान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) निर्वाचनमा वाम गठबन्धन र प्रजातान्त्रिकसम्बद्ध पर्यटन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।
नयाँ नेतृत्वका लागि यहि १२ कात्तिकमा निर्वाचन हुँदैछ । आज उमेदवारी दर्ता गर्ने समय साँझ सकिएको छ ।
अध्यक्ष पदका लागि तीन जनाको उमेदवारी परेको छ । जस अनुसार वाम गठबन्धनबाट अध्यक्षका लागि नवराज दाहाल, प्रजातान्त्रिक समूहबाट मोहन लम्सालको उम्मेदवारी परेको छ । स्वतन्त्र रुपमा पर्यटन व्यवसायी नुरुजाङ्बु शेर्पाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, महासचिवमा सेवन देवकोटा, सचिवमा सुरेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सहकोषाध्यक्षमा किरण धरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै वाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, महासचिवमा आङ्तेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह कोषाध्यक्षमा तारा रानाले उमेदवारी दर्ता गराएका छन् ।

 

Leave A Reply

Your email address will not be published.