Explore the Radio Palpa in shortly.

कम्युनिष्टसँग विकासको भिजन छैन–थापा

0


अर्थ नेपाल पोखरा /नेपाली काँग्रेसका नेता, कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धीका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताएका छन् । जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको भ्रममा नफस्न आग्रह गरे । दुई तिहाई बहुमत मार्फत काँग्रेसले जनताका हक अधिकारको रक्षा गर्ने थापाको भनाई छ । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेसको स्थीर सरकार बन्ने दावी गरेका छन् ।
पोखरामा सोमबार भएका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि भएपनि रुखमा भोट हाल्न आग्रह गरे । ‘कम्युनिष्टकै कारण देशको आर्थिक अवस्था लथालिङ्ग भएको छ । कम्युनिष्ट गठबन्धनको चर्चाले मात्रै शेयरबजार ध्वस्त भैसक्यो, सरकारै बने के होला ?, थापा भन्छन्–मुलुकको विकास र समृद्धि काँग्रेसको एजेण्डा हो । बुझिबुझि जनताले गल्ती गर्दैनन् ।’
उनले बाह्य लगानी भित्र्याएर पोखरालाई अन्तराष्ट्रिय रुपमै सबैभन्दा विकसित र पर्यटकीय शहरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । थापा ब्यापार ब्यवसायसँगै राजनीतिमा सक्रिय ब्यक्ति हुन् । उनकै अगुवाईमा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणले मुर्त रुप लिएको थियो ।
कास्की क्षेत्र नम्बर २ को प्रदेश (ख) अन्तर्गत सचीवालय उद्घाटमा उनले आँफुलाई मतदान गर्न मतदातासँग अपिल गरे । ‘जनधनको रक्षाको ज्ञारेण्टी काँग्रेसले लिन्छ । त्यो भारी बोक्ने अवसर मलाई दिनुस्, उनी भन्छन्–राष्ट्रिय निकास र आर्थिक समृद्धीका लागि प्रजातन्त्रबादी काँग्रेसलाई भोट हाल्नुस् ।’
यसैबीच, कास्की क्षेत्र नम्बर २ का काँग्रेसी उम्मेदवारहरु सोमबार पनि घरदैलो मै ब्यस्त रहे । पोखरा वडा नम्बर ९, ११ र १६ का विभिन्न ठाउँमा उनीहरुले मतदातासँग भोट माग्न भ्याए । यतिबेला काँग्रेसका उम्मेदवारहरु घरदैलोमा बढी प्राथमिकताका साथ लागिरेहका छन् । जनताका गुनासो सुन्ने र आश्वासन दिने काम गरिरहेका छन् ।

कास्की २ (ख) मा काँग्रेसको सचीवालय
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा सचीवालय उद्घाटन गरिएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछि बोल्दै उनले काँग्रेससँग जनाधार भएकाले बहुमतका साथ बिजयी हुने दावी गरे । उनले लोकतन्त्रको रक्षा र जनताका मौलिक हकको रक्षाका लागि भएपनि काँग्रेसको रुख चिह्नमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा क्षेत्र नम्बर २ का चुनाव प्रचारप्रसार समिति संयोजक सोभियतबहादुर अधिकारी, क्षेत्र नम्बर २ (ख) का चुनाव प्रचार संयोजक वीरेन्द्रनारायण विजुक्छे लगाएतले बोलेका थिए । सचीवालयले क्षेत्र नम्बर २ (ख) का लागि प्रचार प्रसारका सबै काम गर्नेछ ।
यसैबीच, क्षेत्र नम्बर २ अन्तर्गत नै पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १६ मा पनि चुनावी प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । सोमबार नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार कुमार खड्काले कार्यालय उद्घाटन गरे । प्रतिनिधीसभाका उम्मेदवार देवराज चालिसे र प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापा सहितको उपस्थितीमा उनले देशलाई काँग्रेसको खाँचो परेकाले त्यसको नेतृत्व गर्ने जिम्मेवारी दिन मतदातासँग आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.