Explore the Radio Palpa in shortly.

युथ युनियन मटेरी र वि नाईन ब्वाईज क्वाटर फाईनलमा

0

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा आज देखि सुरु भएको सेकेण्ड युथ युनियन कप फुटबल अन्तर्गत युथ युनियन मटेरी र वि नाईन ब्वाईज दोस्रो चरणमा प्रवेश गरेको छ ।
टाईगर फुटबल क्लव चापाकोट र युथ युनियन मटेरी ए रामपुर विच भएको उट्घाटन खेलमा चापाकोटलाई मटेरीले १÷० गोल अन्तरले पराजित गरेको थियो । खेलको पहिलो हाफमा दुर्व समुहले गोल गर्न सकेन । दोस्रो हाफको १५ मिनेट बाँकी रहँदा युथ युनियन मटेरीका निर बहादुर सोमैले एक गोल गरे । सोमैको गोल नै अन्तत निर्णायक गोल बन्यो ।
त्यस्तै ज्योति पुञ्ज युथ क्लव किसानबारी र वि नाईन ब्वाईज विजयपुर विच भएको दोस्रो खेलमा २÷० गोल अन्तरले ज्योति पुञ्ज युथ क्लव पराजित भएको छ । खेलको पहिलो हाफमा किसानबारीको आत्मघाती गोल सहित विजयपुरले अग्रता कायम ग¥यो । दोस्रो हाफमा विजयपुरका लागि विपिन सेनले एक गोल थप गरे ।
भोलीको खेल पहिलो खेल विहान ९ बजे भम्बक युनाईटेड भम्बक र रामपुर युवा क्लव बेझाँड विच हुने छ । दोस्रो खेल भोली दिउँसो ३ बजे सिज नेपाल सदावर्त र कालिका यथ क्लव देविस्थान विच हुनेछ । रामपुर ५ मटेरी ठूलोटार खेल मैदानमा सुरु भएको प्रतियोगिता असोज २५ गते देखि २९ गते सम्म चल्ने छ ।स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद भन्ने नाराका सुरु भएको प्रतियोगितामा रामपुर नगरपालिका र चापाकोट नगरपालिकाका १२ समुहको सहभागीता रहेको छ । प्रतियोगितामा विजयी समुहले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.