Explore the Radio Palpa in shortly.

विश्व कीर्तिमान राख्न अनन्तराम केसीको ८४ घण्टा स्पिच जारी

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /बिहीबारदेखि लायनअनन्तराम केसीले ८४ घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने कार्यक्रम निरन्तर चलाइरहेका छन् ।
लायन्स क्लब अफ काठमाडौंको विहानीको आयोजनामा टेक्सास् कलेजस्थित् कम्युनिटी हलमा उनले निरन्तर लङ्गेष्ट म्याराथुन स्पिच दिइरहेका छन् । २२ गतेसम्म उक्त कार्यक्रम चल्ने छ । केसीले लङ्गेष्ट म्याराथुन स्पिचमा योग, अध्यात्म जस्ता विषयमा निरन्तर ८४ घण्टासम्म स्पिच दिने छन् । लायन्स क्लब इन्टरनेशनल मल्टीपल अध्यक्ष ३२५ नेपाल लायन बालकृष्ण बुर्लाकोटीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रम आयोजक संस्थाको अध्यक्ष लायन नारायण रिजाल रहेका छन् ।

यसअघि भारतको राजस्थानका आश्विन सुडैनले अहिलेसम्म ७५ घण्टा ३२ मिनेट भाषण गरेर आफ्नो नाम गिनिज वर्ल्ड रेकर्डमा लेखाइसकेका छन् । उनकै यो वर्ल्ड रेकर्ड ब्रेक गर्नको लागि केसीले सकेसम्म १०० घण्टा नभए कम्तिमा ८४ घण्टासम्म भाषण गर्ने योजना बनाएका छन् । अफिसियल मिडियामा अर्थ नेपाल डट कम रहेको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण मेगा टेलिभजनले गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.