Explore the Radio Palpa in shortly.

बालबालिकाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (फोटो फिचर)

0

अर्थ नेपाल संवाददाता
काठमाडौं / रशलाईट मिडिया प्रा।लिले क्यान एजुकेशन फाण्डेशनको सहयोगार्थ राजधानीको चलचित्र विकास बोर्डको हलमा ¥यारिटी कार्यक्रम भब्य रुपमा सम्पन्न भएको । कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले विदेशमा बसेर नेपालका बालबालिकाहरुलाई सहयोग गरेकोमा आयोजक संस्था प्रति धन्यवाद दिएका थिए । साथै सरकारले बालबालिकाहरुको लागि धेरै कार्यक्रमहरु सञ्चालन गरेको जानकारी समेत दिए ।

शनिबार भएको उक्त कार्यक्रममा गायिका एंव मोडल रमिता भण्डारी, गायिका मिना निरौला, बुनु राई, गायकद्धय सुरेश कुमार क्षेत्री र दाउथ राईले आफ्नो प्रस्तुति दिएका थिए । साथमा मोडलहरु स्मृति श्रेष्ठ, सन्ध्या कोइराला, ज्योति तामाङ, रिया गुरुङ, योरी पौडेल, स्वच्क्षा केसी, सिम्रन शाक्या र आरती डंगोलले विभिन्न डे«समा ¥याम्पमा प्रस्तुत भएका थिए ।


रशलाईट मिडियाले आफ्नो साजाजिक उत्तर दायित्व अन्तर्गत उक्त कार्यक्रम गर्न लागेको रशलाईट मिडियाकि अध्यक्ष एंव गायिका तथा मोडल रमिता भण्डारीले जानकारी दिइन । कम्पनिले यस अघि पनि विभिन्न संघसंस्थालाई सहयोग गरिसकेको छ ।


क्यान एजुकेशन फाण्डेशनले उक्त कार्यक्रमबाट उठेको रकम बालबालिकाहरुको शिक्षामा खर्च गर्ने फाउण्डेशन की कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन । हाल संस्थाले चार जिल्लाका ४५ जना बालबालिकाहरुलाई शिक्षा दिँदै आएको छ । अर्थ नेपाल उक्त कार्यक्रमको अफिसिय मिडिया पार्टनर हो ।

 

 

Leave A Reply

Your email address will not be published.