Explore the Radio Palpa in shortly.

हावा हुरीका कारण प्याराग्लाइडिङ्ग तालमा खसे

0
फाइल फोटो

अर्थ नेपाल संवाददाता
पोखरा /  सराङकोटबाट उडेका यात्रु सहितका छ वटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेका छन । ति सवै फेवातालको खहरेमा खसेका थिए ।
घटना लगतै खटिएको प्रहरीले सवैलाई सकुशल उद्धार गरेको छ । ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेका थिए । दिउँसो १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङहरु तालमा खसेका थिए ।

 

Leave A Reply

Your email address will not be published.