Explore the Radio Palpa in shortly.

एमालेद्धारा संघीय संसदका १९ उम्मेदवारको टुंग्यो लगायो (सूचीसहित)

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा नेकपा एमालेले आफूले पाएका १९ संघीय सांसद उम्मेदवारको नाम टुंग्याएको छ।
आगामी मंसिर १० गते चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीबीच क्रमशः २१ र १६ स्थानमा उम्मेदवारी दिने सहमति भएको थियो। सोही सहमतिअनुसार एमालेले शुक्रबार आफ्नो भागमा परेका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको हो ।

कहाँ को उम्मेदवार?

दार्चुला–गणेशसिंह ठगुन्ना
बाजुरा–लालबहादुर थापा
बैतडी–दामोदर भण्डारी
बझाङ– भैरवबहादुर सिंह
डोल्पा–धनबहादुर बुढा
मुगु–गोपाल बम
मुस्ताङ– प्रेमप्रसाद तुलाचन/महेन्द्र थकाली
मनाङ– पोल्देन छोपाङ गुरुङ
म्याग्दी–भूपेन्द्रबहादुर थापा
रसुवा–जनार्दन ढकाल
नुवाकोट–१वद्री मैनाली
नुवाकोट २ – नारायणप्रसाद खतिवडा
धादिङ १–भूमि त्रिपाठी
धादिङ २– खेम लोहनी
पाँचथर–वसन्त कुमार नेम्बाङ
ताप्लेजुङ– योगेश कुमार भट्टराई
संखुवासभा–राजेन्द्र गौतम
ओखलढुङ्गा–यज्ञराज सुनुवार
खोटाङ– विशाल भट्टराई

Leave A Reply

Your email address will not be published.