Explore the Radio Palpa in shortly.

आगोका कारण दुवै हातका औंला गुमाएका १० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण

0

नयाँदिल्ली /सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् ।
उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो । सन् २०१५ मा आगलागीमा परी उनको हातका औंला गुमेका थिए । अस्पतालका प्लास्टिक सर्जरी विभागका प्राध्यापक राकेश कैनका अनुसार उनको नाडी आगोका कारण फैलिएको थियो ।
शल्यक्रियाको क्रममा उनको एक हात नाडीबाट र अर्को औंलादेखि पाखुरासम्म काट्नु परेको थियो । उनका हात काम गर्न नसक्ने अवस्थामा थिए । कलम समाउन पनि सक्दैनथे, उनले । सोही कारण उनको आत्मविश्वास कम भएको थियो ।

चिकित्सकहरुले उनका खुट्टाका औंला हातमा ल्याएर जोड्ने विधि अपनाए । १० घण्टाको शल्यक्रिया क्रममा आगोबाट जलेको भागमा रक्तसञ्चार पुनः सुरु गराउन चिकित्सकहरुले सफलता पाए ।

‘यो प्रक्रिया एकदमै चुनौतीपूर्ण थियो र लामो समय बेहोसीमा राख्नुपर्ने थियो,’ डा। कैनले भने, ‘तर, माइक्रोभास्कुलर रक्तप्रवाह कायम राख्न औंला प्रत्यारोपण जरुरी थियो ।’

उनका अनुसार शल्यक्रिया असफल भएको भए ती बालक मानसिक आघातमा पर्नेसक्ने थिए । ‘अब उनी आफ्नो नियमित काममा फर्किन सक्ने भएका छन्,’ डा। कैनले भने ।
स्रोत : अनलाइनखबर

Leave A Reply

Your email address will not be published.