Explore the Radio Palpa in shortly.

कास्कीमा चुनावी रौनक सुरु

0

काग्रेसका पालिखेले दिए स्वतन्त्र उम्मेदवारी


अर्थ नेपाल पोखरा/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसले कास्कीका सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिए पछि चुनावी माहौल एकाएक तातेको छ । कास्कीमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारहरुले वुधवार मनोनयन दर्ता गरेका छन । कास्कीमा दोश्रो चरणमा मतदान पक्रिया हुने छ ।
स्थानिय निर्वाचनमा वर्चश्व गरेको एमाले भने वाम गठबन्धन सहित निर्वाचनमा होमीएको छ भने नेपाली कांग्रेस कास्की एकलै चुनावी मैदानमा छ । वाम गठवन्धन अनुसार कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारी प्रतिनिधिसभा सदस्यको लागि उम्मेद््वार रहेका छन । उनी पूर्व स्वास्थ्य मन्त्री र निवर्तमान सांसद तथा नेकपा एमाले सल्लाहकार परिषदका उपाध्यक्ष समेत हुन् । सोही क्षेत्र वाट क्षेत्रमा कांग्रेस वाट न्याय, कानून तथा संसदीय ब्यवस्था मन्त्री यज्ञबहादुर थापालाई उम्मेद्वार बनेका छन । थापा दोश्रो संविधानसभामा कास्की क्षेत्र नम्बर १ बाट करीब दुइ सय मतले बिजयी भएका थिए ।
कास्की क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर क मा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दीपक कोइराला उम्मेद्वार बने । उनी नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हुन् । सो क्षेत्रमा नेपाली कांग्रेसले जीवन परियार उम्मेदवार रहेका छन उनी परियार निवर्तमान सांसद हुन् । त्यसैगरि क्षेत्र नम्बर १ कै प्रदेश क्षेत्र नम्बर ख मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् । गुरुङ एमाले कास्कीका उपाध्यक्ष हुन् । सो क्षेत्रमा नेपाली कांग्रेसबाट कृष्ण केसी उम्मेवार बनेका छन् । केसी नेपाली कांग्रेस कास्कीका सभापति हुन् ।
कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनले नेकपा एमालेका रविन्द्र अधिकारीलाई उठाएकोछ । अधिकारी निवर्तमान सांसद तथा तत्कालीन संसदको विकास समिति सभापति हुन् । पहिलो र दोश्रो संविधान सभामा निर्वाचनमा अधिकारी कास्की क्षेत्र नम्बर ३ बाट निर्र्वािचत भएका थिए । नेपाली कांग्रेसले देवराज चालिसेलाई उम्मेद्वार बनाएको छ ।
क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर क मा वाम गठबन्धनको तर्फबाट नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा उम्मेद्वार छन् । थापा दोश्रो संविधान सभामा कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका शारदा पौडेलसँग पराजित भएका थिए । सो क्षेत्रमा नेपाली कांग्रेसले युवा नेता गुरु बराललाइ उठाएकोे छ । प्रदेश क्षेत्र नम्बर खमा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य तथा कास्कीका इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ को प्रतिष्पर्धा नेपाली कांग्रेसका विन्दुकुमर थापा संग हुने छ । राजकाजी पहिलो संविधान सभा निर्वाचनमा कास्कीबाट निर्वा्चित भएका थिए । उनी दोश्रो संविधानसभामा पर्वत क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । थापा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।
कास्की क्षेत्र नम्बर ३ प्रतिनिधी सभाको वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका जगत विश्वकर्मा उम्मेद्वारी दिए । सो क्षेत्रमा उनको भिडन्त कांगे्रस कास्कीका पाका नेता शुक्रराज शर्मा संग हुनेछ । शर्मा नेपाली कांग्रेस कास्कीका पूर्वसभापति हुन् । सो क्षेत्रको प्रदेश नम्बर कमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजी वराल उम्मेदवार बनेका छन् । उनको भिडन्त दोश्रो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वा्चित निवर्तमान सांसद शारदा पौडेल संग हुनेछ । सो क्षेत्रको प्रदेश क्षेत्र नम्बर खमा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा उनको भिडन्त नेपाली कांग्रेसले भोजबहादुर गुरुङ संग हुने छ ।
यता नेपाली काँगेसका दिनेश शंकर पालिखेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन । पालिखेले विन्दु थापा विरुद्ध उम्मेदवारी दिएका हुन । आफु २५ वर्ष देखि निरन्तर रुपमा पार्टीको काममा सक्रिय रहे पनि पार्टीले टिकट नदिएकोमा रोष प्रकट गर्दै उम्मेदवारी दिएका हुन । उनले आफ्नो उम्मेदवारी कुनै हालतमा पनि फिर्ता नलिने अडान लिएका छन ।

Leave A Reply

Your email address will not be published.