Explore the Radio Palpa in shortly.

ललितपुर महानगरपालिकाद्धारा विभिन्न व्यक्तिहरुको विज्ञ टोली गठन

0

अर्थ नेपाल संवाददाता

ललितपुर/ ललितपुर महानगरपालिकाले विभिन्न व्यक्तिहरुको विज्ञ टोली गठन गरेको छ। महानगरको कामलाई चुस्त बनाउन मेयर चिरिबाबु महर्जनले १२ सदस्यीय विज्ञ टोली गठन गरेका हुन्। विज्ञले दिने सुझावका कारण नगरभित्रको आवश्यकता र समस्या पत्ता लगाउन सहज हुने र निर्णयमा पुग्न पनि सजिलो हुने अपेच्क्षा महानगरले राखेको छ । ।
विज्ञ टोलीमा पूर्व महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा पर्यटन सचिव ऋद्धिबाबा प्रधानलाई सामाजिक सुरक्षातर्फको विज्ञ , पूर्वमुख्य सचिव तिर्थमान श्रेष्ठलाई नीति र प्रक्रियाको विज्ञ, बरिष्ठ पत्रकार कनकमणी दीक्षित सूचना प्रविधि तथा सामजिक सञ्जाल विज्ञ, पूर्वसचिव भरतबहादुर थापालाई संस्थागत विकास विज्ञ, सम्पदाविद् डा.रोहितकुमार रञ्जिकारलाई पुरातात्विक सम्पदाको विज्ञ, दिलेन्द्रराज श्रेष्ठ पर्यटनविज्ञका रुपमा महर्जनले लाई नियुक्त गरेका छन् ।
त्यसैगरी नेपाल क्यान्सर अस्पतालका बरिष्ठ डा. मदनकुमार पियालाई स्वास्थ्य विज्ञ, प्रफूल्लमान सिंहलाई शहरी विकास विज्ञ र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.केदारलाल श्रेष्ठलाई शिक्षा विज्ञका रुपमा महानगरले राखेको छ ।

Leave A Reply

Your email address will not be published.