Explore the Radio Palpa in shortly.

सिम्रन खड्कालाई अन्तराष्ट्रिय सफलता

0


अर्थ नेपाल संवाददाता
काठमाडौं /अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालकी चेली सिम्रन खड्काले चौथो स्थान हासिल गर्न सफल भएकी छन् ।
दक्षिण कोरियाको सउल शहरमा आयोजना भएको प्रतियोगीतामा उनले १९ देशका सहभागी मोडललाई पछि पार्दै चौथो स्थान अर्थात थर्ड रनर अपको अवार्ड हात पारेकी हुन् । उनले अवार्डको साथमा ५० लाख कोरियान वन र मेडल समेत हात पारेकी छन् ।

उनले भनिन् –’ अन्तराष्ट्रिय कार्यक्रमको जानकारी हासिल गर्नु भन्ने उदेश्यले सहभागी भएको थिए । नसोचेको सफलता हात परेको छ । एकदमै एक्साइटेट र खुसी छु । कार्यक्रममा सहभागी हुँदा भाषाको निकै च्यालेन्जिङ थियो । मैले बोलेको अग्रेजी कार्यक्रमका आयोजक र अन्यले सजिलै बुझ्दैनथे, भने उनीहरुले बोलेको पनि मैले बुझ्दैन थिए । ट्रासलेटको माध्यम प्रयोग गरेर सजिलो बनाए । आवार्डले आफुलाई थप जिम्बेवारी महशुस भएको छ । प्रिजर्जमेन्ट, सिक्वेल राउण्ड, राष्ट्रिय प्रस्तुति हुँदँ फाइनल राउण्ड भएको थियो । आफ्नो राष्ट्रिया, मौलिकता, भाषा र संस्कृती जहाँ गएपनि छोड्न नहुने, आफ्नो कलासंस्कृती सहित बिभिन्न कार्यक्रममा सहभागी हुन सकियो भने प्रथामिकतामा पर्ने बिषय सिक्ने मौका पाएको छु ।’
अवाडर्मा कोरियाकी चोइ यिवनसु शिर्ष अवार्ड हात पारेकी छन्, भने रसियाकी अनिता स्टाफिभाले सेकेन्ड रनर अप र मंगोलीयाकी अनुदार दास दोर्जले सेकेन्ड रनर अपको उपाधि आफ्नो देश भित्र्याउन सफल रहे ।
२० देखि २४ अक्टुबरसम्म आयोजना भएको अवार्डमा सहभागी भएर सिम्रन बिहिबार साँझ स्वदेश फर्किएकी छन् । कोटेस्वर निवासी २० बर्षिया खड्काले आफुले कल्पना नगरेको उपलब्धी हात पारेको बताइन् ।
खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाएको हो । नेपालको तर्फबाट पहिलो पटक सहभागी अवार्डमा खड्काले नेपालको नाम राख्न सफल भएको नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले बताए ।
बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको अवार्डमा खड्का डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित सहभागी भएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.